ला–नारूबोन बोन्पो–छाम, नाच तथा वार्षिक उत्सव समारोह साथै विधागत सम्मान एवं दोस्रो नगर भेला सम्पन्न
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा रहेको ला – नारूबोन बोन्पो–छाम, नाच तथा वार्षिक उत्सव समारोह साथै विधागत सम्मान एवं दोस्रो नगर भेला सम्पन्न भएको छ । बिहिबार नेपाल तामाङ घेदुङको आयोजना प्रतिमा/शालिक, गुम्बा संरक्षण समितिको सह–आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
नेपाल तामाङ बोन्पो घेदुङका अध्यक्ष चिन बहादुर तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले ला नरु बोन झाँक्रीको प्रतिमाले इर्खुलाई सुन्दर देखाएको बताउनु भयो । उहाँले “धर्म तपाईको हो तर यो सम्पत्ति, सांस्कृतिक विविधता, संस्कार सबै राष्ट्रको सम्पत्ती हो ।” भन्नुभयो । उहाँले बोन झाँक्रीको प्रतिमा र नजिकैको रानीपोखरी मन्दिर, व...

