बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर
बाजुरा, ७ कात्तिकः जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ । सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन, कृषि उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै दैनिक जीवनयापन समेत प्रभावित हुने गरेको छ । देशमा सङ्घीयता आयो, गाउँ–गाउँमा सिंहदरबार पुग्यो भने पनि यहाँका चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर छन् । सडक सञ्जाल नपुगेका वडाका नागरिकहरुका लागि सामान्य कामका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता कायमै छ । हिमाली गाउँपालिका जिल्लामै क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो स्थानीय तह हो । चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह रहेको यस जिल्लाको कूल क्षेत्रफल दुई ...









