पिडीत बालबालिकारुलाइ बाह्र्बिसे नगरले निशुल्क पढाउँने
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले गत भदौ १० गते गएको भीषण रसुवा बाढीमा अभिभावक गुमाएका बालबालिकाको पठन पाठनका लागी शिक्षाको पूर्ण जिम्मेवारीे लिने भएको छ । भदौ १० गते रसुवा बाढीमा आफ्नो बुबा गुमाएर काजकिरिया गरिरहेकी बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्कीलाई भेटेर उँहाको पिता स्व पदम कार्की प्रती श्रद्धान्जली ब्यक्त गर्नु हुँदै उँहा लगाएत शोकाकुल परिबार प्रती समबेदना ब्यक्त गर्दै बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले उहाँको शिक्षाको जिम्मेवारी लिने जानकारी दिनुभएको हो। रसुवा बाढीमा बाह्रबिसे नगरपालिकाका ६१ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकाहरूको खोजी गर्दा पनि फेला नपरेपछि केहीको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।सोही क्रममा बाह्रबिसे नगरपालिका–३ का पदम कार्कीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो । उहाँकी ११ वर्षीया छोरी खुश...









