नेपाली काँग्रेस चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर १० इकाई समितिले बिजयी तथ शुभदिपावलि छट पर्बको उपलक्ष्यमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ । पाटी जिल्ला सभापती जगं बहादुर लामाको प्रमुख अतिथ्यतामा नेपाली काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधी केदार क्षेत्री चौतारा साँगाचोकगाढी १० का वडाका पुर्ब वडा सभापति मन्दु थापा बागमती प्रदेश प्रतिनिधि स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
सो कार्यबmममा पुर्ब वडा सभापती मन्दु थापाले आफ्नो नेतृत्वमा रहेको पाटीले वडा नं १०मा पाटीलाइ बिजय बनाएको उल्लेख गर्दे वडा नं १०का काग्रेसमा एकताको बल रहेको हुँदा आगामी स्थानीय निर्बाचनमा वडा नं १० का साथै नगरपालिकामा नगर प्रमुख जिताउँने बताउानु भयो । उँहाले नगर प्रमुख जित्नका लागी पाटीको मात्र मतले नपुग्ने भएकाले उम्मेद्वार पनी लोकप्रिय हुनु पर्ने भएकाले बर्तमान वडा अध्यक्ष निलबहादुर तामागं सुमनलाइ नगर प्रमुखको टिकट दिएमा जिताउँने उद्घोष समेत गर्नु भयो । यसै गरी वडा अध्यक्ष निल बहादुर तामागंले आफुलाइ टिकट दिएमा नगर प्रमुख मा चुनाव लड्ने र पाटीका साथीहरुले सहयोग गरेमा आफु चुनाव जित्ने बताउँनु भयो । उाहाले वडा अध्यक्षको जिम्मेवारीमा रहँदा घरघर मासामाजीक सुरक्षा भत्ता अनी व्यक्तीगत घटना दर्ता जस्ता कामहरु का साथै स्थानीय टोलबासीहरुको माग बमोजिमका बिकासका कामहरुलाइ सम्बोधन गरेर लोकप्रियता कमाइ सक्नु भएको हुँदा नगर प्रमुख जित्ने स्थानीय बिबेक तामागंले बताउँनु भयो ।
