सम्पर्क

मेलम्ची नगरपालिकामा दूइ कर्मचारीको बिदाइ तथा फेरी भेटौला कार्यक्रम

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाले बिजय दशमीको शुभकामना सहीत आफ्ना दूइ कर्मचारीलाइ बिदाइ तथा फेरी भेटौला कार्यक्रम गरेको छ । नगर पालिकाको सभाहलमा एक समारोहका बिच नजीकीदै गरेको बिजयदशमी दिपावली तथा छट पर्बहरुको शुभकामना आदानप्रदान, कर्मचारी बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरपालिकामा कार्यरत जिन्सी शाखा प्रमुख जयराम घोरासैनी र लेखापाल सुरेन्द्र राज खतिवडालाई बिदाइ गरेकोे हो।सो अबशरमा नगरपालिकामा कार्यरत राजस्व शाखा प्रमुख राजेन्द्र दुलालको जन्मदिन समेत मनाइएको थियो । बिदाइ समारोहलाइ सम्बोधन गर्दै कार्यक्रमका सभापतीत्व गरिरहनु भएका नगरपालिकाका उपप्रमुख उमा प्रधानले नगरपालिकालाइ कार्यमुल्याकंनमा उत्कृष्ट बनाउँनका लागी लेखापाल सुरेन्द्र खतीवडा,जिन्सीशाखाका जयराम घोरासैनी, राजेन्द्र दुलाल लगाएतका नगरपालिकाका कर्मचारीहरुको ठुलो सहयोग रहेको बताउँदै जनप्रतिनीधिलाइ सफल बनाउँने वा असफल बनाउँने भन्ने मुख्य हात कर्मचारीहरुकै हुने भएको बताउँनु भयो । उहाँले बिदाइ भएर जान लाग्नुभएका कर्मचारीहरूको आगामी यात्रा सफल रहोस् भन्ने कामना गर्दै उहाँहरूले नगरपालिकामा कार्यरत रहँदा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो।

   कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइरालाले कर्मचारीहरुले बिशेष गरी कानुन नियम र निती अनुसार काम गर्न पर्ने बताउँदै आफु मेलम्ची सरुवा भएर आउँदा पुर्ब प्रमुखहरुले पनी जयराम घोरासैनी, मुरारी पुडासैनी ,राजेन्द्र दुलाल सुरन्द्र खतीवडा लगाएतका नाम लिएको बताउँनु भयो । राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

कार्यक्रममा बिदाइ हुनु भएका जयराम घोरासैनीले नगरपालिकामा रहेर काम गर्दा आफुलाइ सबैबाट सहयोग भएको बताउँनु भयो ।त्यस्तै सुरेन्द्र राज खतिवडाले नगरपालिकामा काम गर्दाका अनुभव सुनाउँदै शुरु देखी नै मुरारी सर लगाएत सबैको मिठो माँया पाएको बताउँदै सहकर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँहरूले आगामी दिनमा पनि सबैसँगको सम्बन्ध सुमधुर रहिरहने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा कोशेलीघरका सञ्चालक युवराज पुरीले बिदाइ हुनुभएका घोरासैनी र खतीवडालाइ माँयाको चिनो दिनु भएको थियो ।