सम्पर्क

बिदेश

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक, १ कात्तिकः यहाँका माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट तृतीयाका दिन यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दै आएका हुन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर, माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तको नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । अल्पसङ्ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरापर्व’ भनिने गरिएको हो । मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षको बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको ...
उज्यालोसहकारीमा ललीत राणा

उज्यालोसहकारीमा ललीत राणा

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनीबार असोज १७गते सम्पन्न भएको छ । १८ओ साधारणसभा तथा सातोैँ अधिवेशन ले सोही सस्थामा कोषाध्यक्ष रही काम गरि सक्नु भएका ललीतराणाको नेतृत्वमा नयाँ कार्यसमितीको समेत निर्बाचीत गरेको छ । सस्थाको कोषाध्यक्षमा भने पहीले नै नरमान श्रेष्ठ निर्बिरोध भइ सक्नु भएको थियो । सहकारीको उपाध्यक्षमा भने पुरुष तर्फ राम बहादुर कार्की महीला तर्फ आयुषा खड्का र सचिब तर्फ हरिकुमार श्रेष्ठ बिजय हुनुभएको छ । यसै गरी सदस्यहरुमा राजकुमार थापा,मिन बहादुर श्रेष्ठ,निर्बचित हुनु भएको छ भने महीला सदस्यहरु तारा देबी खत्री, बिन्दा पुरी पहीले नै निर्बीरोध भइ सक्नु भएको छ । निर्बाचनमा अध्यक्षललित बहादुर राना ले ९८३ मत ल्याइ बिजयी हासिल गर्नु भएको छ भने उँहाको प्रतीक्ष्पर्र्धी मिनबहादुर बस्नेत ले...
श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
लेकप्रिय समाचार दैनिक सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकावडा नं १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपाललाइ शिक्षकपदबाट बाजागाजा सहीत विदाइ गरिएको छ ।करिब ३७ वर्ष शिक्षण सेवामा बिताउँनु भएका नेपाललाई विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले बाजागाजासहित भावुक वातावरणमा विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बिदाइ कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई आगामी जीवन सुखद, सफल र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।सो अबशरमा उँहाले बिद्यालयमा कम्प्युट ल्यापको समेत उद्धघाटन गर्नु भयो । मनरा फाउन्डेसन, गोर्खाको सहयोगमा विद्यालयलाई उपलब्ध गराइएको १३ थान ल्यापटपबाट बिद्य...
जन्मत्सोवपार्कमा बिरुवा गोड्दै बज्रयोगिनीको साधरण सभा सम्पन्न

जन्मत्सोवपार्कमा बिरुवा गोड्दै बज्रयोगिनीको साधरण सभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासँँगाचोकगढीमा रहेको घमानेडाँडा स्थित थानबारेगढी जन्मत्सोव पार्कमा रोपीएको बिरुवाहरु गोड्रदै बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाको १४ साधरण सभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी वडा नं १४को सामुदायक भवनमा साधरण सभाको समुदघाटन भएको थियो ।   १४ नंवडाका वडा अध्यक्ष तथा नगर लेखा समितीका संयोजक उद्धव नेपालले साधरण सभाको उद्धघाटन गर्दे नगरपालिकामा अपागंता क्षेत्रमा रहेको एकमात्र सहकारी सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले हाल सम्म गरेका कामहरुको प्रशंसा गर्देै सिन्धुपाल्चोकमा कृषी क्षेत्रमा सहजीकरण गर्नका लागी नेत्रज्योती कृषीसहकारी सस्था सँग सहकार्य गरी पहीलो पटक खेत जोत्ने टेक्टर ल्याइएको र कृषकलाइ सहयोग गरेको बताउँनु भयो । उँहाले अपागंता क्षेत्रमा काम गर्ने नगरमा रहेको एक मात्र सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले नगरका सबै क्षेत्रमा गइ सुबिधा दि...
विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्दै

विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्दै

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
देबराज सुबेदी         कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ। ग्रासरुट तहदेखि नै प्रतिभा पहिचान गरी उनीहरूलाई उचित अवसर र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो । विराटनगर किङ्सले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १ देखि ५ गतेसम्म (सेप्टेम्बर १७ देखि २१, २०२६) सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघअन्तर्गतका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीबीच टी–२० फर्म्याटमा मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदान, विराटनगर–६ मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली युवा खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने विराटनगर किङ्सका टिम म्यानेजर बिजय धितालले जानकारी दिन...

सिन्धु कांग्रेसको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम बाह्रबिसेमा

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ ले जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसका पूर्वसभापति भूपेन्द्रबहादुर थापालगायत पार्टीका जिल्ला, क्षेत्र तथा स्थानीय तहका नेता–कार्यकर्ता, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र कांग्रेस समर्थकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप मजबुत र व्यवस्थित बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्धलाई अझ घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका थिए। नेता तथा कार्यकर्ताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर...
मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

., अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागद्वारा विज्ञप्तिमा उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना ...
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २० साउनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो । “हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ”, सापकोटाले रासससँग भन्नुभयो । गुनासोकर्ताले सोझै सम्वन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन् । यस्तै, सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हे...
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । तराई-मधेसमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औँल्याउनुभयो । संविधान जारी भएपछि सङ्घीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुम्पन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गरी सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री शाहले सरकारद्वारा प्रस्तुत बजेट पूर्ण रूपमा समावेशी रहेको र यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत...
खिर दिवस का साथै सगरमाथा बृक्षरोपण महाअभियान चौसागढी १४मा

खिर दिवस का साथै सगरमाथा बृक्षरोपण महाअभियान चौसागढी १४मा

कृषि, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
जलवायु परिबर्तन पर्बत र मानवको भबीष्य भन्ने मुल नाराका साथ सगरमाथा बृक्षरोपण महाअभियान को अन्तीम दिन श्रावण १५गते चौतारासाँगाचोकगढी नगरुपालिका १४मा सडक किनारमा बृक्षरोपण गरिएको छ। साउन १५ गते खिर खाने दिनको अवसर पारेर आयोजना गरिएका बाताबरण सरक्षण, भूक्षय रोकथाम , तथा पर्यटन बिकास का लागी जिल्ला बन कार्यलय सिन्धुपाल्चोकबाट बिरुवा उपलब्ध गराइएको थियो । कपुर, धुपी लगाएत बिभिन्न खालका करिब ३००वटा बिरुवा रोपिएको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का कार्यलय सचिब जिबन भण्डारीले जानकारी दिनु भयो ।       डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको ,प्रमुख ओम सागर भण्डारीको सभापतीत्वमा नगर उपप्रमुख सिता थापाको प्रमुख अतिथी र जिल्ला न्ययधिबक्ता भगवती गौतम र वडा अध्यक्ष उद्धव नेपालको बिशेष अतिथ्यतामा कार्यक्रम भएको हो । बृक्षरोपण शुरु हुनु अघी भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख सीता...