लेकप्रिय समाचार दैनिक
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकावडा नं १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपाललाइ शिक्षकपदबाट बाजागाजा सहीत विदाइ गरिएको छ ।करिब ३७ वर्ष शिक्षण सेवामा बिताउँनु भएका नेपाललाई विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले बाजागाजासहित भावुक वातावरणमा विदाइ गरेका हुन् ।
विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बिदाइ कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई आगामी जीवन सुखद, सफल र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।सो अबशरमा उँहाले बिद्यालयमा कम्प्युट ल्यापको समेत उद्धघाटन गर्नु भयो ।
मनरा फाउन्डेसन, गोर्खाको सहयोगमा विद्यालयलाई उपलब्ध गराइएको १३ थान ल्यापटपबाट बिद्यालयमा रहेका शिक्षकहरुलाइ शिक्षा सिकाइने र शिक्षकहरुद्धारा बिद्यार्थीलाइ सिकाइने भएको छ । आधुनिक प्रविधिको प्रयोगबाट विद्यार्थीको सिकाइ क्षमता तथा शैक्षिक स्तरमा थप सुधार हुने विश्वास सहयोगी संस्थाले लिएको छ ।सहयोगी संस्थाले विद्यालयमा कार्यरत शिक्षकहरूलाई सफ्टवेयर सञ्चालन तथा सूचना प्रविधिसम्बन्धी सीप विकासका लागि सातदिने प्रशिक्षणसमेत दिने जनाएको छ । विद्यालयको खस्कँदो शैक्षिक अवस्थालाई सुधार गर्न सहयोगी संस्थाले पु¥याएको योगदानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल नेपालले मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।अध्यक्ष नेपालले लामो समय गाउँको शैक्षिक विकासमा योगदान पु¥याएका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपालको योगदानको स्मरण गर्दै अवकाशपछिको जीवन सुखमय र सफल रहोस् भन्ने शुभकामना दिनु भयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाध्यक्ष उद्धव नेपाल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदी, शिक्षक–अभिभावक संघका अध्यक्ष सरोज बोहोरा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल तथा पूर्ववडाध्यक्ष शेरबहादुर श्रेष्ठ पुर्ब बिव्यस अध्यक्ष नेत्रबहादुर बस्नेतलगायतले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई शुभकामना व्यक्त गरेका थिए ।स्थानीयवासीको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विगतमा भवानी शंकर माध्यमिक विद्यालयबाट सरुवा भएका शिक्षक–शिक्षिकालाई समेत सम्मान गरिएको थियो ।लामो समय विद्यालयको नेतृत्व सम्हाल्दै शैक्षिक क्षेत्रमा योगदान दिएका नेपाललाई कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले आगामी जीवनका लागि शुभकामना दिएका थिए ।औपचारिक विदाइ कार्यक्रम सम्पन्न भएपछि अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई विद्यालयबाट बाजागाजासहित घरसम्म पु¥याइएको थियो । विद्यालयका निमित्त प्रधानाध्यापक भुपेन्द्रसिंह धामीले शिक्षा सिकायका लागी बिद्यालयले कुनै पनी कुरामा कमी हुन नदीने
प्त िबिद्यालय लागी परेको बताउानु भयो । बिदाइ समारोहमा बोल्दै आफु बिद्यालयको शिक्षण पेशाबाट बाहीरीए पनी बिद्यालय प्रती आफुले गर्न पर्ने हरेक सहयोग गरिरहने बताउँदै नेपालले शिक्षा सिकाइमा शिक्षक अभिभावक बिद्यार्थी सबैको सहयोग भयो भने मात्र शिक्षा सिकाइमा उपलब्धी हासिलहुने बताउँनु भयो । करिब चार दशक लामो शिक्षण यात्रापछि सेवाबाट अवकाश लिनु भएका नेपाललाई गरिएको सम्मान र विदाइ डडुवाको शैक्षिक समुदायका लागि भावुक तथा स्मरणीय क्षण बनेको थियो ।
