सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनीबार असोज १७गते सम्पन्न भएको छ । १८ओ साधारणसभा तथा सातोैँ अधिवेशन ले सोही सस्थामा कोषाध्यक्ष रही काम गरि सक्नु भएका ललीतराणाको नेतृत्वमा नयाँ कार्यसमितीको समेत निर्बाचीत गरेको छ ।
सस्थाको कोषाध्यक्षमा भने पहीले नै नरमान श्रेष्ठ निर्बिरोध भइ सक्नु भएको थियो । सहकारीको उपाध्यक्षमा भने पुरुष तर्फ राम बहादुर कार्की महीला तर्फ आयुषा खड्का र सचिब तर्फ हरिकुमार श्रेष्ठ बिजय हुनुभएको छ । यसै गरी सदस्यहरुमा राजकुमार थापा,मिन बहादुर श्रेष्ठ,निर्बचित हुनु भएको छ भने महीला सदस्यहरु तारा देबी खत्री, बिन्दा पुरी पहीले नै निर्बीरोध भइ सक्नु भएको छ । निर्बाचनमा अध्यक्षललित बहादुर राना ले ९८३ मत ल्याइ बिजयी हासिल गर्नु भएको छ भने उँहाको प्रतीक्ष्पर्र्धी मिनबहादुर बस्नेत ले २३५ मत प्राप्त गर्नु भएको थियो । यसै गरी उपाध्यक्षमा रामबहादुर कार्की ले ६२२ ल्याइ बिजयी हुनु भएको हो भने उँहाको प्रतिष्पर्धी लोकबहादुर कार्की ले ४४७ मत प्राप्त गर्नु भएको थियो । यसै गरी महिला उपाध्यक्ष मा आयुषा खड्का ले ५११ म्त ल्याइ बिजयीहासिल गर्नु भएको छ भने उँहाको प्रतिष्पर्र्धी शारदा पुरी ले ५०९मत ल्याउँनु भएको छ । यसै गरी कोषाध्यक्षमा नरमान श्रेष्ठ निर्बीरोध हुनु भएको छ । सचिब पदमा हरिकुमार श्रेष्ठ ले ५५३ मत बिजयील्याइ बिजय हुन भएको छ भने उँहाको प्रतिष्पर्धी पितम कुँवर ले ४९६ ल्याउँनु भएको छ । सदस्यहरुमा महीला सदस्य तारा देबी खत्री, बिन्दा पुरी निर्बीरोध हुनु भएको छ भने राजकुमार थापा ले ४३९ मत र मिनबहादुर श्रेष्ठ ले ३९२ मत ल्याइ बिजयीहुनु भएको छ । प्रतिष्पर्धी सदस्यहरु कुमार कार्की ले ३५७ यज्ञनाथ सापकोटाले २३४सीताराम गिरी ले ३०८ पदमबहादुर श्रेष्ठ ले५० रामशरण खत्रीले२२८मत ल्याउँनु भएको थियो । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र ५नं वडाअध्यक्ष शिब श्रेष्ठको बिषेश अतिथ्यतामा र राम बहादुर कार्कीको सभापतीत्वमा सम्पन्न साधरण सभाले बार्षीक आय व्यय तथा बिभिन्न निती तथा कार्यक्रमहरु पास गरेको छ ।
सस्थाका सचिब चन्द्र बहादुर खत्रीले सञ्चालन गर्नु भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख सापकोटाले लामो समयदेखि निरन्तर र व्यवस्थित रूपमा सहकारी सञ्चालन गर्दै आएकोमा उज्यालो बचत तथा ऋण सहकारीको प्रशंसा गर्दैे संस्थाले आफ्ना सदस्यप्रति पारदर्शी र जवाफदेही भएर काम गर्नु सकारात्मक पक्ष भएको बताउँनु भयो । नगर प्रमुख सापकोटाले सहकारी क्षेत्रमा पछिल्लो समय राष्ट्रिय स्तरमै उठेका अनियमितता तथा ठगीसम्बन्धी विषयप्रति टिप्पणी गर्दैसहकारी संस्थाहरूमा नियमन, पारदर्शिता र जवाफदेहिता अझ बलियो बनाउनुपर्ने बताउँनु भयो । बिषेश अतिथी शिब श्रेष्ठले आफ्नो वडामा केन्द्रीय कार्यलय रहेको सहकारीहरुले नगर भरी कार्य क्षेत्र गरी सेवा दिएकोमा खुशी लागेको बताउदै उज्यालो नाम जस्तै नागरिकको आर्थीक जिबन उकास्नका लागी सहकारीले उज्यालो कै भुमिका खेलेको र अझ बढी प्रगती गर्नेमा आफु बिश्वस्त रहेको बताउँनु भयो । साधारणसभामा संस्थाको आर्थिक अवस्थाबारे कोषाध्यक्ष ललित रानाले जानकारी गराएका थिदिनु भएको थियो सहकारी संस्थामा हाल ९१५ जना पुरुष र १ हजार ४० जना महिला गरी कुल १ हजार ९५५ जना शेयर सदस्य रहेका छन् ।
संस्थाको शेयर पुँजी ११ करोड ७१ लाख १० हजार २ सय रुपैयाँ रहेको छ भने कर्जा लगानीमा रहेको रकम २२ करोड ५५ लाख २७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थामा १८ करोड ५१ लाख ६६ हजार ६ सय ५६ रुपैयाँ निक्षेप रहेको सो अबशरमा जानकारी दिइएको छ ।
