सम्पर्क

ब्रेकिङ न्युज १

भिमटार स्थित ईन्द्रावती माबीमा बाल बिबाहसम्बन्धि अन्तरक्रिया कार्यक्रम

भिमटार स्थित ईन्द्रावती माबीमा बाल बिबाहसम्बन्धि अन्तरक्रिया कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को भिमटार स्थित ईन्द्रावती माध्यमिक बिद्यालयमा बाल बिबाह रोक थाम सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ। चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजनामा पैरबी समुहको सयोजनमा कार्यक्रम भएको हो । ११ नं वडा सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेत्रबिक्रम माझीको प्रमुख अतिथ्यतामा र पैरबी समुहका जिल्ला संयोजक यज्ञ दङगालको सभापतित्वमा बिद्यालयका शिक्षक बिद्यार्थी अभिभाबकहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानध्यापक शालिकराम ओलिले स्वागत मन्तब्य राख्दै आफ्ना बिद्यायमा शिक्षक अभिभाबक बिद्यार्थीहरु सबैको प्रतिनिधित्व गराएर बालविवाह बिरुद्धको कार्यक्रम गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो। कार्यक्रमका सभापतीत्व गरिरहनु भएका यज्ञ दङ्गा...
नेपाल लघुवित्त वित्तीय संस्था लि को शिक्षा प्रोत्साहन वितरण कार्यक्रम सम्पन्न

नेपाल लघुवित्त वित्तीय संस्था लि को शिक्षा प्रोत्साहन वितरण कार्यक्रम सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
विन नेपाल लघुवित्त वित्तीय संस्था लि मेलम्ची र हेलम्बु शाखाले शिक्षा प्रोत्साहन कार्यक्रम अनुसार दुवै शाखा अन्तर्गतका बचतकर्ता सदस्य परिवार मध्ये २०८१ को एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुका लागि प्रोत्साहन भत्ता वितरण कार्यक्रम बुधबार तेर्से मा वि तालामाराङमा सम्पन्न गरेको छ । हेलम्बु शाखा अन्तर्गत यलिजा खड्का र मेलम्ची शाखा अन्तर्गत सुदिष देउजालाई उक्त प्रोत्साहन वितरण गरिएको हो । दुवैजना तेर्से माध्यमिक विद्यालयबाट एस इइ मा सहभागी भइ उत्कृष्ट भएका हुन् । मेलम्ची भ्याली क्यामसका प्रमुख राजन प्रसाद लामिछानेको अध्यक्षता र तेर्से माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक जीतबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका मेलम्ची शाखा प्रमुख सञ्जिता श्रेष्ठले संस्थाले लघुवित्त कार्यक्रम मार्फत समुदायमा बचत तथा आयआर्जनका साथै शिक्षा‚ स्वास्थ्य र महिला सशक्तिकरणका क्षेत्रमा समेत उ...
कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

ब्रेकिङ न्युज १, समाचार
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन...
राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २८ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गर्नुभयो । ‘जेनजी’ आन्दोलनका क्रममा साङ्घातिक हमलामा परी घाइते हुनुभएका उहाँ आज पहिलोपटक सार्वजनिक रुपमा देखिनुभएको हो । उक्त आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उहाँले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उ...
भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् ः सभापति देउवा

भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् ः सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले (भदौ २३ र २४ गते) भएको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग माग गर्नु भएको छ। उँहाले ३५ दिन पछी सार्वजनिक हुँदै नेपाली काँग्रेसको केन्द्रिय कार्यलयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले ‘त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ ।’यसको तुरुन्त छानबीन गरि दोषीलाइ कार्बाही गर्न पर्छ भन्नु भयो । देउवाले भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा अर्कै रुप लिएको कारण निर्दोष नवयुवक...
सन्दीप बस्नेतको नेतृत्वमा बाह्रबिसेमा जेनजी गठन

सन्दीप बस्नेतको नेतृत्वमा बाह्रबिसेमा जेनजी गठन

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका समाज सेवी सन्दीप बस्नेतको नेतृत्वमा १५१ सदस्यीय जेनजी समुह गठन गरिएको छ । समाजमा जेनजीको नाममा अराजक गतीबिधी बढ्न थालेको हुँदा त्यसलाइ खबरदारी गर्न, र सम्बिधानको रक्षा गर्नका लागी लोकतान्त्रीक जेनजी नगर समिती गठन गरिएको संयोजक बस्नेतले जानकारी दिनु भयो । लोकतान्त्रीक जेनजी समुहले भ्रष्टचार, अनियमीतताको बिरोध गर्ने समाजमा शान्ती कायम गर्न सहयोग गर्ने समाजमा हुने बिकृतीको अन्त गर्ने सामाजीक बिकासमा सहजता गर्ने लगाएतका सामाजीक सेवामा समर्पीत रहने समेत बस्नेतले बताउँनु भयो ।  ...
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका कर्मचारीले १ दिनको तलब सहयोग गर्ने

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका कर्मचारीले १ दिनको तलब सहयोग गर्ने

ब्रेकिङ न्युज १, समाचार
सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाको सम्पुर्ण कर्मचारीले १ दिनको तलब सहयोग गर्ने भएका छन् । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा सम्पुर्ण कर्मचारीको १ दिनको तलब सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । १ दिन बराबरको तलब दुई लाख असी हजार हुने उँहाले बताउनुभयो । यस अघि पनि मेलम्ची नगरपालिका तथा यहाँका कर्मचारीले बिभिन्न बिपदहरुमा सहयोग गर्दै आएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।...
सहिद कष्णश्रेष्ठको बाह्रबिसेमा सालिक निर्माण हुने ,बानीयाटार स्कुलमा सबैलाइ पुर्ण छात्रबृत्ती

सहिद कष्णश्रेष्ठको बाह्रबिसेमा सालिक निर्माण हुने ,बानीयाटार स्कुलमा सबैलाइ पुर्ण छात्रबृत्ती

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  यही भाद्र २३ र २४ गतेको जेनजीसमुहको आन्दोलनमा सहिद भएको बाह्रबिसे नगरपालिका वडा न.०६ गाती निवासी स्व शहीद कृष्ण श्रेष्ठको शालिक निर्माण हुने भएको छ । बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतले शालिक बनाउने निर्णय गर्नुभएको छ । सालिक र्मिाण गर्नका प्रक्रिया पुरा गर्न बाह्रबिसे नगरपालिका अन्तरगतका जेन्जी समुहको समिति समेत गठन गरिएको छ। बाह्रबिसे नगरपालिका –६ गातीका श्रीकृष्ण श्रेष्ठ जेनजी आन्दोलनमा मृत्यु भएको प्रती साह्रै स्तब्ध भएका बताउँदै नगर प्रमुख बस्नेतले अतुलनीय क्षतिले केवल गाती गाउंलाई मात्र नभएर सिङ्गो बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक जिल्ला र देशकै हृदयमा धेरै गहिरो घाउ पु¥याएको बताउँनु भयो छ। उँहाले जेनजी ान्दोलनमा आवाज उठाउने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्ने श्रीकृष्ण श्रेष्ठप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उँहाको शालिक निर्माण गर्न लागीएको बताउँनु भयो...
चरिकोट–खाडिचौर सडकको प्रयोग

चरिकोट–खाडिचौर सडकको प्रयोग

ब्रेकिङ न्युज १, समाचार
यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट–मन्थली–चरिकोट– मुडे – खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ । सवारी अवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारी साधनलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ । बिपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौँ आउजाउ गर्ने सवारी साधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौश...
दसैँपछि काठमाडौँ फर्किनेको चहलपहल बढ्दो

दसैँपछि काठमाडौँ फर्किनेको चहलपहल बढ्दो

ब्रेकिङ न्युज १, समाचार
दसैँका रमाइलो क्षण बिताएर आ–आफ्नो कर्मथलो फर्किनेको भीड राजधानी काठमाडौँमा बढ्न थालेको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, फर्पिङ, भक्तपुर र टोखा क्षेत्रमा यात्रुको आवागमन बढेसँगै सडकमा सवारी साधनको चाप समेत बढेको छ । बाढी–पहिरोको सम्भावित जोखिमका कारण असोज १८ देखि २० गतेसम्म बन्द गरिएका प्रवेश नाका पुनः खुलेपछि यात्रुको आवतजावत क्रमशः बढ्दै गएको हो । यात्रुको चाप बढेसँगै सार्वजनिक सवारी साधनमा अत्यधिक भीड देखिएको छ ।  दसैँ मनाउन गाउँ फर्केका सर्वसाधारण, विद्यार्थी तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरू राजधानी फर्किरहेका छन् । गाउँमा परिवार र आफन्तसँग समय बिताएर राजधानी फर्किने यात्रुहरूले अब पुनः आफ्ना नियमित काम, अध्ययन र जिम्मेवारीमा फर्किने तयारी थालेका छन् ।...