सम्पर्क

Author: लोकप्रिय समाचार

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय समाचार समिति(रासस) काठमाडौँ, ६ वैशाख : हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण...
तातोपानी नाका व्यवस्थित गर्न लागि आवश्यक पहल गर्छुः आरजु राणा

तातोपानी नाका व्यवस्थित गर्न लागि आवश्यक पहल गर्छुः आरजु राणा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
परराष्ट्रमन्त्री आरजु राणाले तातोपानी नाका र सडक व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताउँनु भएको छ । उहाँले शुक्रबार भोटेकोसी गाउँपालिका–२ बाट चीन जोड्ने सीमाना तातोपानी पुगेर तातोपानी धारामा निर्मित स्नानगृह भवन उद्घाटन गर्दै ‘यसअघि नाका हेर्ने मौका पाएको थिइनँ, ५४ वर्षअघि यहाँ एकपटक आएको थिएँ, तर सडकको अवस्था देखेँ, यसबारे भौतिकमन्त्रीसँग कुरा गरेर अघि बढ्नेछु,’ भन्नुभयो । स्नान गृह उद्धघाटन गर्नुअघी नाका निरक्षण गर्न पुग्नु भएका मन्त्री राणालाई चीनबाट आएका झाङ्मु क्षेत्रका सुरक्षाकर्मी र अधिकारी प्रतिनिधिले उहाँसहित अन्यलाई स्वागत गर्नुभएको थियो । परराष्ट्रमन्त्री राणा हेलिकोप्टरमार्फत तातोपानी उत्रे लगत्तै नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा. राणा देउवाले तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशनसमेत दिनुभएक...
विश्व सम्पदा दिवस मनाइँदै

विश्व सम्पदा दिवस मनाइँदै

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार, साहित्य
काठमाडौँ, ५ वैशाख : सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा...
मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ सार्वजनिक (भिडियो सहित )

मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ सार्वजनिक (भिडियो सहित )

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, साहित्य
दर्शन सुनार/ लोकप्रिय समाचार दैनिक मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ बजारमा सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत बुधवार सार्वजनिक गरिएको हो । प्रवेश पौडेलको शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन दिवस थापा मगरको गरेका हुन् । प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ । वैवाहिक समारोहमा सरिक हुन् आएका युवा युवती बिच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा कलात्मक रूपमा निर्देशक थापाले उतारेका छन् l लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतमा निरन्तर लगानी गरिरहेका सञ्चारकर्मी तिलु शर्मा पौडेलले गायिका सेन्चुरी सँग मिलेर गीतको निर्माण गरेका हुन् । गीतमा ...
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ वैशाखः आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि...
सागीतिक प्रस्तुतीका लागी रेशम निर्दोष र सिमरन परियार कतारमा

सागीतिक प्रस्तुतीका लागी रेशम निर्दोष र सिमरन परियार कतारमा

बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार / लोकप्रिय दैनिक समाचार कतार कतार देखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको "प्रथम अधिवेशन"मा आफ्नो सागीतिक प्रस्तुति दिन अतिथी कलाकार कतार आईपुगेका छन् ।शुक्रबार कतारको मुन्ताजामा अवस्थित होलिडे भिल्ला होटेलको सभाहलमा मध्यान्ह १२ बजे देखि सुचारु हुने कार्यतालिका रहेको अधिवेशनमा आफ्नो सागीतिक प्रस्तुती दिन लोक तथा दोहोरी गायक रेशम निर्दोष र चर्चित गायिका सिमरन परियार र कलाकार/पत्रकार रचित पौडेल बुधबार राती कतार आईपुगेका हुन्। नेपाल बाट आमन्त्रित अतिथी कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी तदर्थ समितीका संयोजक सन्तोष पौडेल,बागलुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतम पत्रकार तिलु शर्मा पौडेल लगायत समाजमा आवद्ध रहेका अन्य पदाधिकारीहरु हमद अन्तराष्ट्रिय बिमान स्थलमा पुगेका थिए |...
शिक्षकको माग पुरा हुने यसका लागी सासद अधिबेशन १२ गते

शिक्षकको माग पुरा हुने यसका लागी सासद अधिबेशन १२ गते

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
पुर्ब प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँगको भेट पछी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको बैठक बोलाइ संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथा सक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने, निर्णय गराउँनु भएको समाचार प्राप्त भएको छ। बैठकले नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारेको छ ।     यसै गरी नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल विद...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्...
एक करोड पुर्‍याउने लक्ष्य बोकेको अक्षयकोषको पहिलो अधिवेशन शुक्रबार हुने

एक करोड पुर्‍याउने लक्ष्य बोकेको अक्षयकोषको पहिलो अधिवेशन शुक्रबार हुने

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको “प्रथम अधिवेशन“आगामी शुक्रबार हुने भएको छ । “बागलुङ बासीको चाहाना,शान्त समृंद्ध स्वदेशको कामना“ भन्ने मुल नाराका साथ अधिवेशनसँगै कोषको अभिवृद्धिको लागी बिविध साँस्कृतिक कार्यक्रम २०२५ सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो । कोषको अधिवेशनलाई सम्बोधन गर्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सँगै सांगीतिक प्रस्तुतिका लागी लोक तथा दोहोरी गायक रेशम निर्दोष र दोहोरी गायिका सिम्रन परियार कतार आउने जानकारी कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिनुभयो । भट्टले एक करोड पुर्‍याउने लक्ष्य बोकेको अक्षयकोषलाई अगाडी बढाउन सबै जनाको साथ र सहयोगले मात्र लक्ष्य पूरा गर्न सकिने र कोषले बोकेको सपना पूरा गर्न सकेमा ...
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस)  काठमाडौँ, २ वैशाखः सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन,...