सम्पर्क

खानेपानी

चौतारा साँगाचोकगढी–१० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

चौतारा साँगाचोकगढी–१० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
बिपना तामाङ,सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङको प्रमुख अतिथ्यता र वडा सदस्य पारे तामाङको विशेष आतिथ्यतामा कृषकहरुको भेला गरी उक्त कार्यक्रम गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्थाको आयोजना र वडा नं. १० को आर्थिक सहयोगमा कृषि उत्पादनमा प्रोत्साहन गर्न व्यवसायिक रूपमा बाख्रापालन गर्नका लागि आवश्यक पूर्वाधार र बाख्रापालन गर्ने तरिका बारेमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूलाई यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रममा कृषकहरूलाई सक्रिय गराई स्थानीय स्तरमा उत्पादनको प्रयोग गरेर बाँझो जग्गामा खेती गर्न, पशुपालन तथा कृषी उद्यमीलाइ यस कार्यक्रम सम्पन्न गर्न जागरुप गराउनुका साथसाथै उत्पादनमुलक कामका लागी सहयोग गर्ने चौतारा सागाचोकगढी वडा अध्यक्...
जिल्लासमन्वय समिति गठन तथा एक दिने कार्यशाला गोष्ठी कार्यक्रममा सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ को बिचार

जिल्लासमन्वय समिति गठन तथा एक दिने कार्यशाला गोष्ठी कार्यक्रममा सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ को बिचार

खानेपानी, जिबनशैली, विचार, स्वास्थ्य
हाम्रोजस्तो विकासोन्मुख मुलुक सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगले ओगटेको पाइन्छ । नेपालमा नसर्नेमध्ये मुटुरोग, क्यान्सर, दीर्घकालको श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग पर्छन् । दिनानुदिन बढ्दो क्रममा रहेका यस प्रकारको रोगका कारण बर्सेनि ठूलो धनराशि सरकार र व्यक्तिको तर्फबाट खर्च भइरहेको छ । विश्वव्यापीकरण, जनसङ्ख्या वृद्धि, वातावरणीय प्रदूषण, जीवनशैलीमा आएको परिवर्तन, तनाव आदिका कारण नसर्ने रोग बढ्दो क्रममा छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को आँकडाअनुसार नेपालको कुल मृत्युमध्ये करिब ६६ प्रतिशत मृत्युका कारण नसर्ने रोग भएको पाइएको छ । यसैगरी ३०–७० वर्ष उमेर समूहमा अल्पायुमा नै मृत्युको प्रमुख कारणका रूपमा देखि...

दारी ग्याङको नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

खानेपानी, बिजनेस, विचार, समाचार
सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङ विगत ८ वर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा निरन्तर रुपमाक्रियाशिल रहेको छ । विगतमा यस समुहले शिक्षा, स्वास्थ्य, विज्ञान, आवास, वातावरण लगाएतका क्षेत्रमा सामाजिक रुपान्तरणको लागि विभिन्नकार्यहरु गर्दै आइरहेको छ ।यसै सन्दर्भलाइ मध्यनजर गर्दै दारी ग्याङले फाल्गुन ६ गते  देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। दारी ग्याङले  काठमाण्डौमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम ,दन्त परीक्षण कार्यक्रम तथा सुलेखन कलाको कार्यक्रम गरेर भव्यताका साथ सम्मन्न गर्यो भने रुपन्देहीमा पुष्परोपण तथा सन्ध्याकालिन भजन किर्तन कार्यक्रम गरेर मनाएका छन। नवलपरासीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने पोखराले हिमालयन एनिमल रेस्क्यु ट्रस्टमा आवश्यक खाद्यान्न र मेडिकल सामाग्री प्रदान गरि वार्षिकोत्सब मनाएको छ ।त्...
विभिन्न १० प्रस्ताव  पारित गर्दै मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशनसम्पन्न

विभिन्न १० प्रस्ताव पारित गर्दै मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशनसम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
मेलम्ची । मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशन विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै  सम्पन्न भएकाे छ । नगरसभाले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित गरेको छ । नगरसभाका सभाध्यक्ष तामाङले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावहरू सर्वसम्मतले पारित भएकाे थियाे । नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष तामाङले चालु आर्थिक वर्ष २०८१–८२ को माघ २७ गते सम्म सम्पादन भएका मुख्य मुख्य कामहरूकाे विवरण प्रस्तुत गर्नुभएकाे थियाे । निर्वाचित भएकाे २ बर्ष ८ महिनाकाे अवधिमा याेजना निर्माण, पुर्वाधार निर्माण, सुशासन र नगरकाे दिगाे बिकासमा एउटा इटा थप्ने कामकाे शुरूवात भएकाे तामाङले बताउनुभयाे । चाल...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन.रासस...
चौतारामा खानेपानी प्रशोधन केन्द्र सञ्चालनमा

चौतारामा खानेपानी प्रशोधन केन्द्र सञ्चालनमा

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकामा सञ्चालन रहेको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिले आजबाट गुणस्तरी खानेपानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट ) सञ्चालनमा ल्याएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरबाट ६ करोड २५ लाख लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्नुभए पछी चौताराका उपभोक्ताहरुले गुणस्तरिय एवम् स्वच्छ खानेपानी पिउन पाउने भएको हो ।उद्धघाटनमा मन्त्री यादवले खानेपानी योजनाका लागि जनताले तीसप्रतिशत रकम सह लगानी गर्नुपर्ने वाध्यताको अन्त्य गरिनेबताउँनुहुँदै खानेपानी जस्तो अत्यावश्यक चिजमा जनतालाई तीस प्रतिशत रकम ब्यहोर्न लगाउनु गलत भएको बताउनुभयो । उहाँले खरवौंको सडक बनाउँदा सरकारले जनतासँग एक रुपैयाँ पनि अशुल नगर्ने तर खानेपानी आयोजनाका लागि भने सरकारले ७० प्रतिशत मात्र लगानी गर्दै जनता...
नँयापानीमा १२बर्षपछीसुक्खा समयमा मुल फुट्यो आयो पानी

नँयापानीमा १२बर्षपछीसुक्खा समयमा मुल फुट्यो आयो पानी

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बर्षामा मुल मुल फुटेर हिउँदमा पानीको मुल सुकेको सबैलाइ थाहा छ तर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालिकामा हिउँद अर्थात सुक्खा समयमा मुल फुट्ने अर्थात पानी पलाउँने गरेकोले सबैमा दैबी शक्तीको प्रभाब भन्ने गरेका छन । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ५ सिपा धुसिनी स्थित नयाँपानी धाममा १२ बर्ष पछी पानी पलाएको छ । परापुर्व कालदेखिनै हरेक १२ वर्षको अन्तरालमा हिउँदको समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीको मुल पलाउने भए पछी दैबी शक्तीकोे अद्भुत बिशेषता रहेको पाइन्छ ।हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको बताइएको छ । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयो कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिको पहलमा क...

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसि.पा.को बाह्रबिसेमा अन्तरक्रिया

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न नगरका महीला स्वयम सेवीकाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार नगर उप प्रमुख मन्जु तामागंका प्रमुख अतथ्यतामा होटल चण्डेश्वरीको सभाहलमाकार्यक्रम भएको हो । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुपाल्चोकका प्रमुख श्रीराम पराजुलीले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पराजुलीले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । उँहालेगत बर्सहरू भन्दा यस वर्ष सेवा प्रभावकारी भएको बताउनु भयो । बहिरङ्ग सेवा, निःशुल्क औषधी वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्व कर्म÷पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फि...

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ कात्तिक : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उहाँले सुनाउनुभयो । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ ।...

घरदैलो सुबिधामा सुकुटेको सिन्धु डेरी

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा रहेको सिन्धु डेरीले दुधबाट बनेका हरेक परिकारहरु उपभोक्ताको माग अनुसार घरघरमा सेवा उपलब्ध गराईरहेको डेरी सञ्चालक हेमकान्त प्याकुरेलले बताउँनु भएको छ । उद्योग बाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बिश्वनाथ काफ्लेसहीतको टोलीले अनुगमनमा रहेको समुहहरुसँग कुरा गर्दै सिन्धु डेरीका सञ्चालक प्याकुरेलले आफुले केमिकल, सोडाहरु प्रयोग नगरेको भन्दै यो केमिकल प्रयोग गर्न नपरोस भनेर आफूले चनाखो भएर काम गरिरहेको बताउँनु भयो । उहाँले डेरीको आफ्नै साधन भएकोले घरघरमा माग अनुसार तत्काल सामान लाने ल्याउने भएको हुँदा पनि केमिकलको प्रयोग गर्न जरुरी नपरेको बताउनु भयो । उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका कार्यालय प्रमुख ईश्वरी प्रसाद चालिसे, स्थानिय पर्यटन ब्यवसायीहरु सहितका टोलिले गरेको अनुगमनका क्रममा हेर्दा सबै सामाग्री सफा रहेको दूध चिस्या...