हिरा खड्का
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ र ४ जोड्ने साधी खोल्सा पुल नजिकै ठूलो पहिरो गएपछि स्थानीय बस्ती तथा महत्वपूर्ण पूर्वाधार जोखिममा परेको छ ।बाह्रबिसे बजार नजिकै रहेको साधी खोल्सा पुलदेखि छोटो दूरीमा रहेको उक्त पहिरो क्षेत्र क्रमशः फैलिँदै गएको देखिन्छ। पहिरो आसपास बस्ती, बाह्रबिसे बजारका लागि अति उपर्युक्त खानेपानीको ट्याङ्की,रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज,साधी खोल्सा पुल तथा पुल आसपासका बाह्रबिसेका बस्ती रहेका छन्।
पहिरोका कारण खानेपानीका पाइप तथा अन्य संरचना समेत प्रभावित भएको देखिएको छ। साथै, पहिरो क्षेत्रबाट आवतजावत गर्ने पैदल यात्रुका लागि समेत जोखिम बढेको बालुवा बाह्रबिसे खानेपानीका अध्यक्ष इन्द्र लाल श्रेष्ठको भनाइ छ।

आगामी दिनमा पहिरोले मानवीय क्षति तथा महत्वपूर्ण संरचनामा असर पर्न सक्ने सम्भावना रहेको भन्दै तत्काल स्थलगत निरीक्षण गरी आवश्यक रोकथाम तथा व्यवस्थापनका काम अघि बढाउन स्थानीयले माग गरेका छन्।
स्थानीयको प्रश्न छ—“यति जोखिमपूर्ण स्थान सरोकारवाला निकायको नजरमा नपरेको हो कि जानकारी हुँदाहुँदै पनि बेवास्ता गरिएको हो?” भन्ने नागरिकको गुनासो रहेको छ ।
सम्बन्धित निकायले तत्काल पहिरोको अवस्थाबारे प्राविधिक अध्ययन गरी जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने स्थानीयको माग रहेको छ। स्मरणीय रहोस बषँृदको बेलामा चट्याङले खाएको रेडीयोको ट्रान्समिटर पुन बनाएर सञ्चालनमा आए पछी पुन भाद्रको चट्याङले ट्रान्समिटर खाए पछी मर्मत गर्न आर्थीक अबस्था कम्जोर भएका कारण अहीले केही दिन देखी रेडीयो समेत बन्द भएको अबस्था छ । अरु पालिकाहरुमा यसरी सञ्चार माध्यमहरु बिपदका कारण बन्द हुँदा स्थानीय सरकारतथा सरोकारवालानहरुको समेत सहयोगमा सञ्चालन हुन्छ तर नगरपालिका भित्र रहेको एउटा मात्र रेडीयो बन्द हुादा समेत यस प्रती कसैको ध्यान गएको देखीदैन ।
