सम्पर्क

विचित्र संसार

सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक । नेपाली कांग्रेसइतर पक्षको सुनकोशी गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कुमार बस्नेत (अधिराज) सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको छ्। महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता तथा कुमार बस्नेत (अधिराज)को सभापतित्वमा सम्पन्न भएको १५औ अधिबेशनले बस्नेतलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई थप जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सातवटै वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नू भयो ।।उहाँले अधिवेशनबाट आफूलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी विश्वास र जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि, वडा सभापति, पदाधिकारी तथा सम्पूर्ण क्रियाशील ...
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ । उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ । महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ । महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले ...
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक, १४ असोजः निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो । विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आ...
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

जिबनशैली, विचित्र संसार, समाचार
देबराज सुबेदी      चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले छुट्टै विषेशता बोकेको सहकारी रहेको बताउदै संस्थालाई अगाडी बढाउन सहकारीको सिद्धान्त अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारी मार्फत जनचेतनाको कार्यलाई पनि अगाडी बढाउन सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मातृशिशु सम्बन्धि चेतना फल्याउन पनि सहकारीको भुमिका महत्त्वपूर्ण रहेको सापकोटाले बताउनुभयो । १ करोड २ लाख सेयर पुजि , ७४१ सदस्य रहेको सहकारीको आगामि बर्ष ७६५ सदस्य पुर्याउने लक्ष्य लिएको बताइएको छ । प्रगती प्रतिवेदन सहकारीका सह- सचिव विमला सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा भुजेलले आर...
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...
भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म : प्रधानमन्त्री शाहले खोजेको हिमालय कूटनीतिक

भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म : प्रधानमन्त्री शाहले खोजेको हिमालय कूटनीतिक

जिबनशैली, विचार, विचित्र संसार
रमेश कुमार बोहोरा यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा जारी ८१औँ महासभाको चर्चा छ । विश्वका १९३ सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिको सहभागिता रहेको यो विश्व सम्मेलनमा कतिपय मुलुकका आआफ्ना स्वार्थ, अहंकार प्रदर्शन भए पनि कतिपय मुलुकले विश्व व्यवस्थाको कुरा गरे । यसरी विश्व व्यवस्थाको कुरा साझा गर्ने सरकार प्रमुखमा पर्नुभयो प्रधानमन्त्री बालेन्द्र शाह । भोटेकोशी बाढीको पीडा र त्रास बोकेर न्यूयोर्क पुग्नुभएका उहाँले नेपालको आवाज उठाउँदा त्यसको केन्द्रमा केवल नेपालको पीडा मात्र थिएन, हिमालयको भविष्य र त्यससँग जोडिएको सिंगो मानव सभ्यतामाथि मडारिएको संकट पनि एकसाथ व्यक्त भएको थियो । सम्बोधनको अधिकांश समय जलवायु परिवर्तन र विश्व व्यवस्थामा देखापरेका स्वार्थपनका बारेमा चर्चा गर्नुभएका प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विनाशक...
सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन नजिकिएसँगै सिन्धुपाल्चोक २ मा सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यो क्षेत्रमा हालसम्म क्षेत्रीय सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेको पाइएको छ ।       अहीले सम्म पुर्ब मन्त्री तथा बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ समाज सेवी भुपेन्द्र थापाले हामीलाइ मोखिक जानकारी सहीत सामाजीक सञ्जाल माफर्लत जानकारी दिइ सक्नु भएको छ । आकांक्षीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो हामीले मोखिक जानकारी तथा सामाजीक सञ्जालबाट जानकारी पाए अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति पदका लागि पूर्व प्रदेश मन्त्री कृष्ण कुमार तामाङ नेपाल भूतपूर्व सैनिक संघका केन्द...
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ९ असोजः मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनुभएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ । उहाँले पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको बताउनुभयो । पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको उहाँको भनाइ छ । “हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै ज...
वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ८ असोजः देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार पूर्णरूपमा उच्च सतर्कताका साथ सक्रिय भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरू तीव्रताका साथ पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका हुन् ।आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्नुहुँदै मानवीय र भौतिक क्षति रोक्न सरकारका सबै मन्त्रालय एवं तिनका निकायहरूलाई पूर्ण रूपमा उच्च सतर्कताका साथ परिचालन गरिएको बताउनुभएको छ । साथै उहाँले स्थानीय तहहरूलाई विपद्पछिको प्रतिकार्यका लागि आफ्नो स्रोत प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्नसमेत आग्रह गर्नुभएको छ । साथै गृह मन्त्रालयले ७७ वट...
सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्व्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको उप प्रमुख सिता थापाले हरेक बिकासका कामहरुमा गुणस्तरिय हुन पर्छ गुणस्तर हिन काम गर्ने जो केही भए पनी कार्बहीको भागी हुन पर्छ भन्नु भएको छ । उँहाले चौतारा साँगाचोकगढी–४ चागुलेटोल–बासपाटी–सिम्ले–ठुलाखेत आफर कृषि सडक निर्माणको गुणस्तर र प्रभावकारिताबारे स्थानीयबाट गुनासो बढेपछि उप–प्रमुख सीता थापाको नेतृत्वमा नगरपालिकाको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्ने क्रममा यस्तो बताउँनुएको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राविधिक शाखा प्रमुख बिकास श्रेष्ठ योजना प्रमुख दुर्गा ढुगेंल लगाएतका सहभागी टोलीले निर्माण कार्यको अवस्था र प्रगतिको जानकारी लिएको हो। कुल ३ करोड रुपैयाँ लागत रहेको योजनामध्ये १ करोड ९२ लाख रुपैयाँमा गौतम प्रभात जेभीसँग ठेक्का सम्झौता भएको छ। स्थानीयको माग र योजनाको आवश्यकताअनुसार ठेक्का अवध...