सम्पर्क

समाचार

श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
लेकप्रिय समाचार दैनिक सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकावडा नं १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपाललाइ शिक्षकपदबाट बाजागाजा सहीत विदाइ गरिएको छ ।करिब ३७ वर्ष शिक्षण सेवामा बिताउँनु भएका नेपाललाई विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले बाजागाजासहित भावुक वातावरणमा विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बिदाइ कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई आगामी जीवन सुखद, सफल र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।सो अबशरमा उँहाले बिद्यालयमा कम्प्युट ल्यापको समेत उद्धघाटन गर्नु भयो । मनरा फाउन्डेसन, गोर्खाको सहयोगमा विद्यालयलाई उपलब्ध गराइएको १३ थान ल्यापटपबाट बिद्य...
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक, १४ असोजः निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो । विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आ...
सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस गगन थापा नेतृत्वमारहेको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ र २को दुबै अधिबेशन स्थगित भएको छ भने शेर बहादुर देउवा पक्षधरहरुको दुबै क्षेत्रीय कार्यलय खुलेको छ । क्षेत्र नं १को बाह्रबिसेमा र २को मेलम्चीमा भइरहेको थापा पक्षको अधिबेशन स्थगित भएको हो भने देउवा पक्षको क्षेत्र नं १को सम्पर्क कार्यलय दखाडीचौउरमा र र क्षेत्र नं २को सम्पर्क कार्यलय मेलम्ची बजारमा खुलेको छ । थापा पक्षधरको वडा अधिबेशन सम्पन्न भइ क्षेत्रीय अधिबेशन को बिचमा अधिबेशन स्थगित गर्न परेको थियो । स्थगित गर्न पर्ने मुख्य कारण भने निर्बाचन समितीको लापार्बहीका कारण भएको प्रतिनिधीहरुको भनाइ रहेको छ । क्षेत्र नं१का उम्मेदवार को नाम छुटाएर मत पत्र तैयार गरी बितरण गरिएको र २नं क्षेत्रमा भने मतदान अधिकृतको हस्ताक्षर बिना मत पत्र बितरण गरिएको थियो । क्षेत्र न २मा भने थापा पक्षले आफु अनुकुल नभएकाहरुको सक्रिय सदस्यता नदीएको...
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

जिबनशैली, विचित्र संसार, समाचार
देबराज सुबेदी      चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले छुट्टै विषेशता बोकेको सहकारी रहेको बताउदै संस्थालाई अगाडी बढाउन सहकारीको सिद्धान्त अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारी मार्फत जनचेतनाको कार्यलाई पनि अगाडी बढाउन सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मातृशिशु सम्बन्धि चेतना फल्याउन पनि सहकारीको भुमिका महत्त्वपूर्ण रहेको सापकोटाले बताउनुभयो । १ करोड २ लाख सेयर पुजि , ७४१ सदस्य रहेको सहकारीको आगामि बर्ष ७६५ सदस्य पुर्याउने लक्ष्य लिएको बताइएको छ । प्रगती प्रतिवेदन सहकारीका सह- सचिव विमला सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा भुजेलले आर...
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...
नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

ब्रेकिङ न्युज १, राजनिती, समाचार
कुमार बस्नेत खाडीचौर   नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति, सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ। लाल काजी तामाङको संयोजकत्वमा बिस्तारित कार्य समिती र पालिका संयोजकहरुले आगामी असोज १५गते वडा अधिबेशन गर्दै १५औ महाधिबेशन गर्न लागेको हो । सिन्धुपाल्चोक लगाएत देसै भरी काग्रेसले छुटाछुटै अधिबेशन गरिरहेको छ महाधिबेशन तैयारी समिती सिन्धुपाल्चोकमा लालकाजी तामाङ जिल्ला संयोजक बिदुर प्रसाद घोरासैनि जिल्ला सह संयोजक निराजन चौलागाईं जिल्ला सचिव जिबन राउत जिल्ला सचिव दिनेश गिरि राकेश जिल्ल्ला सह सचिव प्रकाश बस्नेत काजि क्षेत्र न २ संयोजक अनिल सापकोटा क्षेत्र नं२, प्रदेश ख सचिव राजकुमार रायमाझि क्षेत्रीय नं२, सचिवराम शरण गिरि क्षेत्र न २ प्रदेश ख संयोजक दानोर्बु शेर्पा क्षेत्र न १ क प्रदेश संयोजक समिर तामाङ क्षेत्र नं१, प्रदेश ख संयोजक यसै गरी गाउँपालिका संयोजकहरुमा कृष्ण बहादुर तामाङ इद...
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
देबराज सुबेदी   मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो । त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्...
सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन नजिकिएसँगै सिन्धुपाल्चोक २ मा सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यो क्षेत्रमा हालसम्म क्षेत्रीय सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेको पाइएको छ ।       अहीले सम्म पुर्ब मन्त्री तथा बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ समाज सेवी भुपेन्द्र थापाले हामीलाइ मोखिक जानकारी सहीत सामाजीक सञ्जाल माफर्लत जानकारी दिइ सक्नु भएको छ । आकांक्षीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो हामीले मोखिक जानकारी तथा सामाजीक सञ्जालबाट जानकारी पाए अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति पदका लागि पूर्व प्रदेश मन्त्री कृष्ण कुमार तामाङ नेपाल भूतपूर्व सैनिक संघका केन्द...
सिन्धु काग्रेसको क्षेत्रीय अधिबेशन १०को सट्टा १२ र १३गते

सिन्धु काग्रेसको क्षेत्रीय अधिबेशन १०को सट्टा १२ र १३गते

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्लाको दुबै क्षेत्रको अधिबेशनको मिती सरेको छ।भरी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत सिन्धुपाल्चोक जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएकोहो । पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत दिलिप कुमार अधिकारीले एक सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ती समेतको आधारमा पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १२ र १३गते गरिने जानकारी दिनुभयो ।वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रम परिबर्तन गरि १२गते उद्धघाटन र १३ गते मतदान गर्ने भनी दुबै ...
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ असोजः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ती जारी गरी चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्देशन जारी गर्नुभएको हो । महासङ्घले देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन सो निर्देशन दिएको हो । महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ । महासचिव गौतमले चाडपर्वका समयमा सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै टिकट बिक्री...