सम्पर्क

साहित्य

रोपौँ नवयुगका बीजहरु

रोपौँ नवयुगका बीजहरु

साहित्य
साहित्य प्रेमी (निर्मला पुरी ) पकाएर भरे खाउला भनी साँच्दैछ ढुङ्गा पनि, एकदिन त सुख् आउला भनी काट्दैछ दुख् पनि चुहिन्छ धुरीबाट बर्षादको पानी पिएर पसिना नुनिलो हरदम बित्दछ गरिबको जिन्दगानी ।। लुटिन्छ मध्य दिनमै अस्मिता चाहिदैन् त्यो भयानक रात ! उठाई घुम्टो चिहाए मात्रै बाहिर, लाग्दछ अनेकौं लालछना र बात ।। मौलाए यो देशमा राष्ट्रघाती झार युवाकै काँधमा छ राष्ट्रियताको भार । गरीबको भोक र शोकमा गरेर राजनीति देशै बेचेर खादैछन् हेर बिगारेर मति ।। हे ! युवा हो चलाउ पाखुरी अब, वीरताले नै हो सहिदले परिवर्तन ल्याका यो राष्ट्रले खोज्दैछ तिमीलाई, गाउँदैछ उन्नतिको भाका ।। फालिदेउ सामन्तीका झन्डाहरु ! आऊ हामी हातेमालो गरौँ उजाडीएका जिन्दगीमा नयाँ रङ्ग भरौँ रोपौँ नवयुग आऊ चेतनाका बीजहरु छरौँ ।। ( उदयपुर)...
राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ लोकार्पण

राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ लोकार्पण

ब्रेकिङ न्युज १, साहित्य
समाजसेवी , शिक्षा प्रेमी तथा राजनितिका त्रिआयामिक ब्यक्तित्व राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ ‘विवृत जीवन’ लोकार्पण गरिएको छ । कार्कीको ७७ औं जन्मोत्सवको अवसर पारेर सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा विवृत जीवन प्रकाशन समितिले तीन वर्षको मेहनतपछि पुस्तक तयार पारी आज नेपाल सरकारका पुर्व सचिव पुण्यप्रसाद न्यौपानेले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण पछी मन्तब्य राख्दै नेपाल सरकारका पुर्व सचिव न्यौपानेले रामबहादुर कार्की एउटा सँघर्षको र स्वाभिमानको प्रतिक भएको वताउनुभयो । उहाँले रामबहादुर परिवर्तनको धार भएको बताउँदै आगामी दिनका लागी यस्ता पुस्तक प्रकाशनले सभ्यताको जगेर्ना गर्ने धारणा राख्नुभयो । चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद पौडेलले मर्नुभन्दा अगाडी धेरै बाटाहरु हिड्नुपर्ने बताउँदै नगरपालिकाले यस्ता मुर्धन्य ब्यक्तिहरुको पुस्...
दुई गजल

दुई गजल

साहित्य
रुपक पुरी (१) संसारमा सबै भन्दा ठुलो रै छ पैसा आफु संग हुँदा मात्र कुलो रै छ पैसा । लिए पछि दिनु पर्छ भन्ने कुरा बिर्सी माँग्यौ कि त आगो फाल्ने चुलो रै छ पैसा । आफन्तमा फाँटो पारी नाता सबै चुइयो परिवारै टाँढा पार्ने दुलो रै छ पैसा । दिँदा सम्म मात्र जाति छैन भन्दा बैरी आँखा भित्र बिझाउने धुलो रै छ पैसा । कल्पनाको धन हो नी खाएँ पनि के भो नबिझाउने कहिले नि फुलो रै छ पैसा । (२) साथी संगी हुल छुट्न, तर्के जस्तो गर्नु केही बिर्सी संम्झी लिन,फर्के जस्तो गर्नु । फर्की तिमी आएपछी,अधर चुम्छु मैले सर्माउदै त्यती बेला, झर्के जस्तो गर्नु । हतारमा यात्रारत छौ, खुट्टा ठेस लाग्ला काँधै हाली थेग्छु म चै, मर्के जस्तो गर्नु । बैश हुँदा छोए मात्रै, प्यासी ताप बढ्छ शान्त पार्न सितल, जल छर्के जस्तो गर्नु ।...
जल्न नसकेका लासहरु

जल्न नसकेका लासहरु

साहित्य
साहित्य प्रेमी ( निर्मला पुरी ) सत्ता फेरियो सामन्ती फेरिए, तर ....!! फेरिएनन् सामन्तीवादहरु विधान फुक्यो, संविधानमा बाधिएको धागो फुक्यो तर ....!! कहिलै फुत्किन सकेनन् पिन्जडामा थुनिएका पन्छीहरु बाकस फर्कियो, लास फर्कियो तर कहिलै फर्किएन, प्रमाणपत्र धितो राखि परदेशीएका परदेशीहरुको त्यो मुस्कानहरु नियम मिचियो, मध्य दिनमै बालिकाको घाँटी थिचियो, तर....!!! कहिलै मिचिएनन् अन्धविश्वासका सिमाहरु खुशी छुटियो, इज्जत लुटियो आत्मा दनदनी जल्यो उसको सपनाको घर ढल्यो, आफन्तले आँसु बगाए फूलमाला लगाए मलामी जुट्यो, लास उठ्यो पुत्ला जलाइयो नारा जुलुस लगाइयो तर...!! कहिलै ढलेन् बलत्कारीको अस्तित्वका धरोहरु अनि कहिलै बलेन् त्यो चेलीको आत्मदिप ..!! घाटमा लगियो दाउरा बालियो, उसको अस्तित्वलाई धुजाधुजा पारेर, बिच सडकमा फालियो तर....!! कहिलै फाल्न सकिएन्, ती नयनहरुल...
साहित्यकार जीवन श्रेष्ठलाई व्यथित प्रतिभा सम्मान

साहित्यकार जीवन श्रेष्ठलाई व्यथित प्रतिभा सम्मान

समाचार, साहित्य
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवम् साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु प्रतिभा सम्मान २०७८ द्वारा सम्मानित गरिएको छ । शनिबार काठमाडौंको साहित्य सदन नेपालको सभाहलमा साहित्यकार केदारमान व्यथितको स्मृतिमा आयोजिते कार्यक्रममा श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो । साहित्य सदन नेपाल र व्यथित–सिन्धु प्रतिभा सम्मान कोषद्वारा आयोजित सम्मान अर्पण कार्यक्रममा श्रेष्ठ सहित नरेन्द्रराज पौडेल समेत सम्मानित हुनुभएको हो । व्यथित–सिन्धु प्रतिभा सम्मान कोषले वर्षेनी श्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष समेत रहनुभएका श्रेष्ठ सिन्धुपाल्चोक जिल्लामा रहेर लामो समयदेखि साहित्य सिर्जना र पत्रकारितामा हुनुहुन्छ । श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको कोषका अध्यक्ष कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।  ...
सरकार हराएको समाचार

सरकार हराएको समाचार

साहित्य
नेत्रबहादुर बस्नेत मैले नागरिकता च्याप्न थालेदेखि म तिम्रो नागरिक । मैले मत पत्रमा पहिलो पटक छाप हानेर बुढी औँलाको नङको फेद पहिलो पटक एक थोपा निलो मसिले लत्पताए देखि म तिम्रो नागरिक । म औसत तिम्रो नागरिक भन्दै सदरमुकामतिर बरालिँदै गर्दा मैले सप्तरंगी ईन्द्रेणीका सातै रंग चोरेर मेरो रंगहीन घर रङ्गाउने सपना देख्दै गर्दा एक साँझ रास्ट्रिय टेलिभिजनबाट अचानक सरकार हराएको ब्रेकिङ् समाचार आयो । त्यसपछि धेरै हराए मैले देखेको सपनाको गोरेटो परिवारको खुशी हरायो घर छेउको ठूलो पाटो हरायो । र त्यही दिन सन्दुसबाट बुबाको नामको लालपूर्जा हरायो । अनि , मलाई साहित्यकार बन्न मन लाग्यो र लेखे कबिता । अब पत्ता लगाउनु छ कसरि हराउँछन सरकारसंगै सपनाका गोरेटोहरु ? त्यसपछि एक दिन, सायद, बिश्व नक्साबाट नै देश हराउने त हैन यशी चिन्तामा छु म । सायद हाम्रा सन्ततिले फेरि हामीले विदेशबा...
नेता

नेता

साहित्य
फस बहादुर न्यौपाने नेताहरुले बनाउन सकेनन् देश भने उठ है ढुंगा र माटाहरु थाम्नै नसकि किला र दाम्लोले यहाँ भागे कता साँढेहरु । कति टालटुल पारु खै फुटेका हलाका टुडाहरु जुधेर भाग्ने साँढेहरुका जताततै छन् रे बाटा र घाटाहरु । खेतबारीका तिरो तिर्नै नसकि यहाँ थाले जनताहरु रुन जनताहरु टाठ पल्टाएर थाले सरकार त्यो धनि हुन । यो चालले पक्कै पनि बेरछैन है गरीबका उठी बास हुँन भोक प्यासले मुसाहरु यहाँ थाले गरीबका पेटमा रुन । बलेफी गाउँपालिका वडा नं. – २ , सिन्धुपाल्चोक ।  ...
सम्झिएर झस्किए

सम्झिएर झस्किए

साहित्य
साहित्य प्रेमी ( निर्मला पुरी ) एउटा फूलमा झुम्मिएका भमराहरुलाई बगैंचामा देखेर खै ! आज किन म झस्किए मुटुले कम्पनको तेच बढायो थाहा छैन् मलाई ...! सम्झिएर झस्किए या, झस्झिएर सम्झिए ! फक्रदै गरेकी यौवनताले शरीर भरिएकी उसको मृत त्यो शरीरलाई यो गुलाफ भित्र देखेर अल्झिए थाहा छैन् मलाई ...! सम्झिएर झस्किए, या ....!! झस्किएर सम्झिए ।। भविष्यको कर्णधार बन्ने सपना सजाइएको उसका नयनहरु, किताब च्यापेर भविष्य खोज्दै पाठशाला तिर चालिएका उसका पाइलाहरु सदा – सदाका लागि मेटिएपछि, नाङ्गो स्वरुपमा उसको मृत लास भेटिएपछि, यो भमराको भुनभुन – भुनभुन आवाजमा म उसको चीत्कार सम्झिन्छु, यो रातो पातहरुमा, उसको रगत लत्पतिएको देख्छु लाग्छ त्यो काहाली लाग्दो, यथार्थ बाट अहिले बिउँझिए थाहा छैन् मलाई ...! सम्झिएर झस्किए या ....!!! झस्किएर सम्झिए ।। अनेकौ रहरहरुले सजिएको उसको अस्तित...
प्रेम, त्याग कि स्वार्थ ?

प्रेम, त्याग कि स्वार्थ ?

साहित्य
निता के.सी. भट्टाराई माया दिएकै थिएँ महसरि तिमीले मेरो मुटु माग्यौ बगैचा दिएकै थिएँ बिहानै आएर मेरा आँखा माग्यौ सान्निध्य, साहचर्य, दिएकै थिएँ अझ बढी माग्यौ, भोगी आँखाले मैले भनेथे म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म समय दिएकै थिएँ सुनसरि तिमीले मेरो निद माग्यौ भने सपनाहरू तिमीलाइ भो एकदिन ओठ माग्यौ भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो अचानक भेट्न छाडेउ गमे के म रित्तिएँ र ? मनमा छामे तिमीलाई धड्कँदै थियौ उस्तैगरी गर्भको शिशु जस्तो थैलीबाट निकालेर तिम्रो तस्बिर हेरे फिस्स हाँसेको देखे तिमीलाई गर्भमा समुद्रले केही लुकाए जस्तो झरीमा प्रकृतिले बादललाई सुकाए जस्तो । (लैनचोर ,काठमाडौँ)...
कहाँ खोजु म समाज ?

कहाँ खोजु म समाज ?

साहित्य
आभा निरु जातकै आधारमा थलिरहदा लिङ्गकै आधारमा गलिरहदा कथित संस्कृति र संस्कारको नाममा, मान्छे मान्छे बीच बिभेद गर्दा, तिनै कुरीतिहरु अपनाउँदै गर्दा, कहाँ खोजुँ म शिक्षित समूह ? कसरी देखुं बदलिएको समाज? खै कहाँ भेटियो मानवता कहाँ चुक्यो समदृष्टि ? प्रकृतिको सुन्दर सृटिमा, उ र ममा फरक देख्ने नजर गलत बिचार बोकेकाको भिडमा कहाँ खोजौं न्यायिक समाज, कहाँ भेटौं समानताको समाज, कहाँ खोजुँ म, मानव मात्रको समाज ! मैले रोजेको मानबताको समाज !! ( सिन्धुपाल्चोक )  ...