सम्पर्क

भिमटार स्थित ईन्द्रावती माबीमा बाल बिबाहसम्बन्धि अन्तरक्रिया कार्यक्रम

 

सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को भिमटार स्थित ईन्द्रावती माध्यमिक बिद्यालयमा बाल बिबाह रोक थाम सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ। चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजनामा पैरबी समुहको सयोजनमा कार्यक्रम भएको हो । ११ नं वडा सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेत्रबिक्रम माझीको प्रमुख अतिथ्यतामा र पैरबी समुहका जिल्ला संयोजक यज्ञ दङगालको सभापतित्वमा बिद्यालयका शिक्षक बिद्यार्थी अभिभाबकहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानध्यापक शालिकराम ओलिले स्वागत मन्तब्य राख्दै आफ्ना बिद्यायमा शिक्षक अभिभाबक बिद्यार्थीहरु सबैको प्रतिनिधित्व गराएर बालविवाह बिरुद्धको कार्यक्रम गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो। कार्यक्रमका सभापतीत्व गरिरहनु भएका यज्ञ दङ्गालले बाबिबाह भनेको उमेर नपुगेकाहरुबाट बिबाह गर्नुलाई बालबिबाह भनिने गर्छ भन्नु हुँदै बाल बिबाह गर्ने गराउँने दुबैलाइ सँजाय हुने ब्यबस्था भएकाले यस तर्फ बुझेर मात्र बिबाह गर्न पर्ने बताउँनु भयो । उँहाले २० बर्ष सम्मका बालबालीकाहरु सिकाइमा मात्र ब्यस्त रहनु पर्छ बिवाह गर्ने व्यवहार गर्ने खालका काम गर्न हुँदैन भन्नु हँुदै बालबिबाहको बिरुद्धमा समाज लाग्न पर्ने बताउँनु भयो । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका कार्यक्रम संयोजक सुरज पौडेलले कार्यक्रमका बारेमा जानकारी दिनु हुँदै उहाँले यस्ता सिमान्तकृत क्षेत्रमा आयर यसरी छलफल गर्न पाउँदा खुशी लागेको बताउँनु भयो। उँहाले २०४९ सालमा स्थपना भयको रेष्टले बिशेष बालबालिकालाई बिद्यालय पढाउँनका लागि अनुरोध गर्दै अहिले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्न लागेको बताउनु भयो । कार्यक्रममा वडा सदस्य बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेत्र बिक्रम माझीले पिछडीएको क्षेत्र भिमटार माझी बस्तीको बिचमा रहेको बिद्यालयमा आएर यस्तो सचेतनामुलक कार्यक्रम गरिदिएकोमा आयोजकलाइ बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा अधिबक्ता चन्द्र बस्नेत ले बालबिवाह गर्न नहुने लुकी छिपी गरेमा गर्ने गराउँने सबैलाइ कानुनी कार्बाही हुने भन्दै २० बर्ष नपुगी बिवाह गर्न नपाइने बताउँनु भयो । कार्यक्रममा लोकप्रिय समाचारका नेत्र बहादुर बस्नेत, सञ्चार कर्मी अशोक पराजुली ,नेत्र ज्योती मासिकका युबराज नेपाल ,शिक्षक अभिभावक, बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।