सम्पर्क

राजनिती

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
बाजुरा, ७ कात्तिकः जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ । सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन, कृषि उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै दैनिक जीवनयापन समेत प्रभावित हुने गरेको छ । देशमा सङ्घीयता आयो, गाउँ–गाउँमा सिंहदरबार पुग्यो भने पनि यहाँका चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर छन् । सडक सञ्जाल नपुगेका वडाका नागरिकहरुका लागि सामान्य कामका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता कायमै छ । हिमाली गाउँपालिका जिल्लामै क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो स्थानीय तह हो । चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह रहेको यस जिल्लाको कूल क्षेत्रफल दुई ...
आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, १ कात्तिकः दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा दसैँको विशेष महत्व छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दसैँ विभिन्न समुदायले आ–आफ्नै परम्परा र शैलीमा मनाउँछन् । असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यो पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देशसमेत दिन्छ । समय क्रममा सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले दसैँ म...
पहिरोको जोखिममा बाह्रबिसे खानेपानी कार्यलय तथा मानबीय बस्ती

पहिरोको जोखिममा बाह्रबिसे खानेपानी कार्यलय तथा मानबीय बस्ती

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
हिरा खड्का सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ र ४ जोड्ने साधी खोल्सा पुल नजिकै ठूलो पहिरो गएपछि स्थानीय बस्ती तथा महत्वपूर्ण पूर्वाधार जोखिममा परेको छ ।बाह्रबिसे बजार नजिकै रहेको साधी खोल्सा पुलदेखि छोटो दूरीमा रहेको उक्त पहिरो क्षेत्र क्रमशः फैलिँदै गएको देखिन्छ। पहिरो आसपास बस्ती, बाह्रबिसे बजारका लागि अति उपर्युक्त खानेपानीको ट्याङ्की,रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज,साधी खोल्सा पुल तथा पुल आसपासका बाह्रबिसेका बस्ती रहेका छन्। पहिरोका कारण खानेपानीका पाइप तथा अन्य संरचना समेत प्रभावित भएको देखिएको छ। साथै, पहिरो क्षेत्रबाट आवतजावत गर्ने पैदल यात्रुका लागि समेत जोखिम बढेको बालुवा बाह्रबिसे खानेपानीका अध्यक्ष इन्द्र लाल श्रेष्ठको भनाइ छ। आगामी दिनमा पहिरोले मानवीय क्षति तथा महत्वपूर्ण संरचनामा असर पर्न सक्ने सम्भावना रहेको भन्दै तत्काल स्थलगत निरीक्षण गरी आवश्यक रो...
सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक । नेपाली कांग्रेसइतर पक्षको सुनकोशी गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कुमार बस्नेत (अधिराज) सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको छ्। महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता तथा कुमार बस्नेत (अधिराज)को सभापतित्वमा सम्पन्न भएको १५औ अधिबेशनले बस्नेतलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई थप जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सातवटै वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नू भयो ।।उहाँले अधिवेशनबाट आफूलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी विश्वास र जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि, वडा सभापति, पदाधिकारी तथा सम्पूर्ण क्रियाशील ...
सिन्धुकाग्रेस १मा सगुन २मा कृष्णकुमार आजै केन्द्रीय महाधिबेशन उद्धघाटन

सिन्धुकाग्रेस १मा सगुन २मा कृष्णकुमार आजै केन्द्रीय महाधिबेशन उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली काग्रेसको १५औ महाधिवेशन अन्तरगत असोज १३ गतेको निर्वाचनमा समस्या उत्पन्न भएपछि स्थगित भएको निर्वाचन असोज १७ गते पुनः सञ्चालन गरिएको निर्बाचनमा १ नं क्षेत्रमा सगुन श्रेष्ठ र २ नैमबर क्षेत्रमा कृष्ण कुमार तामाङ निर्बाचित हुनु भएको छ । मतगणनाअनुसार श्रेष्ठले ६ सय ७० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३ सय ९९ र देवेन्द्र खड्काले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।त्यस्तै, क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा बागमती प्रदेश सांसदसमेत रहनु भएका बागमती प्रदेसका पुर्ब मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ निर्वाचित हुनु भएको छ । तामाङले ५ सय ७९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो भने उँहाका प्रतिस्पर्धी पासाङ दोङ तामाङले ४ सय २८, करुण सागर सिग्देलले ६० र भूपेन्द्र थापाले १ सय ९ मत प्राप्त गर्नु भएको छ ।क्षेत्र नम्बर २ को सचिवमा कुम...
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ । उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ । महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ । महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले ...
उज्यालोसहकारीमा ललीत राणा

उज्यालोसहकारीमा ललीत राणा

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनीबार असोज १७गते सम्पन्न भएको छ । १८ओ साधारणसभा तथा सातोैँ अधिवेशन ले सोही सस्थामा कोषाध्यक्ष रही काम गरि सक्नु भएका ललीतराणाको नेतृत्वमा नयाँ कार्यसमितीको समेत निर्बाचीत गरेको छ । सस्थाको कोषाध्यक्षमा भने पहीले नै नरमान श्रेष्ठ निर्बिरोध भइ सक्नु भएको थियो । सहकारीको उपाध्यक्षमा भने पुरुष तर्फ राम बहादुर कार्की महीला तर्फ आयुषा खड्का र सचिब तर्फ हरिकुमार श्रेष्ठ बिजय हुनुभएको छ । यसै गरी सदस्यहरुमा राजकुमार थापा,मिन बहादुर श्रेष्ठ,निर्बचित हुनु भएको छ भने महीला सदस्यहरु तारा देबी खत्री, बिन्दा पुरी पहीले नै निर्बीरोध भइ सक्नु भएको छ । निर्बाचनमा अध्यक्षललित बहादुर राना ले ९८३ मत ल्याइ बिजयी हासिल गर्नु भएको छ भने उँहाको प्रतीक्ष्पर्र्धी मिनबहादुर बस्नेत ले...
श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
लेकप्रिय समाचार दैनिक सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकावडा नं १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपाललाइ शिक्षकपदबाट बाजागाजा सहीत विदाइ गरिएको छ ।करिब ३७ वर्ष शिक्षण सेवामा बिताउँनु भएका नेपाललाई विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले बाजागाजासहित भावुक वातावरणमा विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बिदाइ कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई आगामी जीवन सुखद, सफल र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।सो अबशरमा उँहाले बिद्यालयमा कम्प्युट ल्यापको समेत उद्धघाटन गर्नु भयो । मनरा फाउन्डेसन, गोर्खाको सहयोगमा विद्यालयलाई उपलब्ध गराइएको १३ थान ल्यापटपबाट बिद्य...
सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस गगन थापा नेतृत्वमारहेको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ र २को दुबै अधिबेशन स्थगित भएको छ भने शेर बहादुर देउवा पक्षधरहरुको दुबै क्षेत्रीय कार्यलय खुलेको छ । क्षेत्र नं १को बाह्रबिसेमा र २को मेलम्चीमा भइरहेको थापा पक्षको अधिबेशन स्थगित भएको हो भने देउवा पक्षको क्षेत्र नं १को सम्पर्क कार्यलय दखाडीचौउरमा र र क्षेत्र नं २को सम्पर्क कार्यलय मेलम्ची बजारमा खुलेको छ । थापा पक्षधरको वडा अधिबेशन सम्पन्न भइ क्षेत्रीय अधिबेशन को बिचमा अधिबेशन स्थगित गर्न परेको थियो । स्थगित गर्न पर्ने मुख्य कारण भने निर्बाचन समितीको लापार्बहीका कारण भएको प्रतिनिधीहरुको भनाइ रहेको छ । क्षेत्र नं१का उम्मेदवार को नाम छुटाएर मत पत्र तैयार गरी बितरण गरिएको र २नं क्षेत्रमा भने मतदान अधिकृतको हस्ताक्षर बिना मत पत्र बितरण गरिएको थियो । क्षेत्र न २मा भने थापा पक्षले आफु अनुकुल नभएकाहरुको सक्रिय सदस्यता नदीएको...
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...