महिला हिंसा विरुद्ध न्यायिक समिति र मेलमिलापकर्ताबीच अन्तरक्रिया
मेलम्चीमा महिला हिंसा न्यूनीकरण तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा न्यायिक समिति, नगरस्तरीय मेलमिलाप केन्द्रका पदाधिकारी तथा सरोकारवाला निकायबीच एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना ,महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र फेयरमेड फाउन्डेसन नेपालको समन्वय तथा सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानले न्यायिक समितिले काम गर्ने क्रममा आइपर्ने बाधा तथा चुनौतीबारे आफूले जानकारी प्राप्त गरेको बताउनुभयो । उहाँले स्थानीयस्तरमै मेलमिलापमार्फत समस्या समाधान हुने वातावरण निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । उपप्रमुख प्रधानले बालविवाह न्यूनीकरण तथा अन्त्य गर्न सके महिला हिंसा लगायतका धेरै सामाजिक समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल...









