
चौतारा साँगाचोकगढी–१० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बिपना तामाङ,सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङको प्रमुख अतिथ्यता र वडा सदस्य पारे तामाङको विशेष आतिथ्यतामा कृषकहरुको भेला गरी उक्त कार्यक्रम गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्थाको आयोजना र वडा नं. १० को आर्थिक सहयोगमा कृषि उत्पादनमा प्रोत्साहन गर्न व्यवसायिक रूपमा बाख्रापालन गर्नका लागि आवश्यक पूर्वाधार र बाख्रापालन गर्ने तरिका बारेमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूलाई यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रममा कृषकहरूलाई सक्रिय गराई स्थानीय स्तरमा उत्पादनको प्रयोग गरेर बाँझो जग्गामा खेती गर्न, पशुपालन तथा कृषी उद्यमीलाइ यस कार्यक्रम सम्पन्न गर्न जागरुप गराउनुका साथसाथै उत्पादनमुलक कामका लागी सहयोग गर्ने चौतारा सागाचोकगढी वडा अध्यक्...