सम्पर्क

ब्रेकिङ न्युज २

सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक । नेपाली कांग्रेसइतर पक्षको सुनकोशी गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कुमार बस्नेत (अधिराज) सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको छ्। महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता तथा कुमार बस्नेत (अधिराज)को सभापतित्वमा सम्पन्न भएको १५औ अधिबेशनले बस्नेतलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई थप जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सातवटै वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नू भयो ।।उहाँले अधिवेशनबाट आफूलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी विश्वास र जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि, वडा सभापति, पदाधिकारी तथा सम्पूर्ण क्रियाशील ...
सिन्धुकाग्रेस १मा सगुन २मा कृष्णकुमार आजै केन्द्रीय महाधिबेशन उद्धघाटन

सिन्धुकाग्रेस १मा सगुन २मा कृष्णकुमार आजै केन्द्रीय महाधिबेशन उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली काग्रेसको १५औ महाधिवेशन अन्तरगत असोज १३ गतेको निर्वाचनमा समस्या उत्पन्न भएपछि स्थगित भएको निर्वाचन असोज १७ गते पुनः सञ्चालन गरिएको निर्बाचनमा १ नं क्षेत्रमा सगुन श्रेष्ठ र २ नैमबर क्षेत्रमा कृष्ण कुमार तामाङ निर्बाचित हुनु भएको छ । मतगणनाअनुसार श्रेष्ठले ६ सय ७० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३ सय ९९ र देवेन्द्र खड्काले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।त्यस्तै, क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा बागमती प्रदेश सांसदसमेत रहनु भएका बागमती प्रदेसका पुर्ब मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ निर्वाचित हुनु भएको छ । तामाङले ५ सय ७९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो भने उँहाका प्रतिस्पर्धी पासाङ दोङ तामाङले ४ सय २८, करुण सागर सिग्देलले ६० र भूपेन्द्र थापाले १ सय ९ मत प्राप्त गर्नु भएको छ ।क्षेत्र नम्बर २ को सचिवमा कुम...
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ । उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ । महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ । महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले ...
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक, १४ असोजः निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो । विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आ...
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
देबराज सुबेदी   मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो । त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्...
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

ब्रेकिङ न्युज २, समाचार
अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको छ ।  जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो । कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।  वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्याङ्कन गरी दिउँसोसमेत सव...
वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ८ असोजः देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार पूर्णरूपमा उच्च सतर्कताका साथ सक्रिय भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरू तीव्रताका साथ पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका हुन् ।आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्नुहुँदै मानवीय र भौतिक क्षति रोक्न सरकारका सबै मन्त्रालय एवं तिनका निकायहरूलाई पूर्ण रूपमा उच्च सतर्कताका साथ परिचालन गरिएको बताउनुभएको छ । साथै उहाँले स्थानीय तहहरूलाई विपद्पछिको प्रतिकार्यका लागि आफ्नो स्रोत प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्नसमेत आग्रह गर्नुभएको छ । साथै गृह मन्त्रालयले ७७ वट...
चौतारा नगर कांग्रेसको नेतृत्वमा युवा पुस्ता

चौतारा नगर कांग्रेसको नेतृत्वमा युवा पुस्ता

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिको १५औँ नगर अधिवेशनले युवा नेता निर्मल श्रेष्ठलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठ खेलकुद क्षेत्रमासमेत क्रियाशील हुनुहुन्छ । युवा पुस्तामाझ परिचित श्रेष्ठको सर्वसम्मत नेतृत्व चयनसँगै चौतारा नगर कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व स्थापित भएको छ । नगर सभापतिको जिम्मेवारी पाएसँगै श्रेष्ठले युवालाई संगठनमा थप सक्रिय बनाउँदै सबै पुस्तालाई समेटेर कांग्रेसको संगठन सुदृढ गर्ने अपेक्षा गरिएको छ । बदलिँदो राजनीतिक परिवेशमा युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै संगठनलाई थप चलायमान बनाउने चुनौती नयाँ नेतृत्वसामु रहेको छ । श्रेष्ठको नेतृत्वमा नगर कांग्रेसमा सहमति, सहकार्य र एकतालाई मजबुत बनाउँदै संगठन विस्तार तथा सुदृढीकरणमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।...
भारी वर्षाको सम्भावना, सिन्धुपाल्चोकमा सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सिन्धुपाल्चोकमा सतर्कता अपनाउन आग्रह

ब्रेकिङ न्युज २, समाचार
आगामी असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार साहयक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनअनुसार जिल्लाका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने जनाएको छ । प्रशासनले अत्यावश्यकबाहेक रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त सडक तथा पहिरो सम्भावित क्षेत्रमा सावधानी अपनाउन र खोला तथा नदी किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरेको छ । यस्तै, स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।...