सम्पर्क

वडा कार्यालयको सेवा प्रवाहमा पुनम भण्डारीको सक्रियता, अध्यक्ष तामाङको व्यवस्थापन प्रशंसनीय

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१० को वडा कार्यालयबाट प्रवाह हुने दैनिक प्रशासनिक तथा जनसेवाका कामलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन वडा कार्यालयले सक्रियता देखाएको छ । वडा सचिव पुनम भण्डारीको जिम्मेवारीपूर्ण कार्यशैली र वडा अध्यक्ष निलबहादुर तामाङ ‘सुमन’को नेतृत्व तथा व्यवस्थापकीय भूमिकाले वडा कार्यालयको कामकाजलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ । वडा कार्यलय छिर्ने गेटमा वडाअध्यक्ष निल बहादुर तामाङ सुमनले आफ्नै लगानीमा भगवतीको मन्दीर निर्माण गरिदिनु भएको छ । सबैले दर्शन गरेर कार्यलयमा जाने गरेका छन । वडा नं १०को कार्यलयले आफना नागरिकहरु अपाङ्ग, असाय , जेष्ठ नागरिकलाइ घरघरमा सेवा दिएको छ । सामाजीक सुरक्षा भत्ता भनेको नसक्ने र जेष्ठनागरिकले पाउँने हो त्यसैले उहाँहरुको लागी हामीले दुइ चार दिन खटेर घरघमा लगीदिदा केही पनी क्षेती नहुने भन्दै वडाअध्यक्ष सुमनले घरघरमा सेवा दिने र काठमाण्डौमा समेतमा सेवा दिने व्यवस्था मिलाए बापत लोकप्रिय बनीरहनु भएको छ । वडा सचिब पुनम ले२०६९साल देखी सिन्धुपाल्चोकमा काम गर्न लाग्नु भएको हो । सघीयता लागु हुनु पुर्ब गाबीस सचिबको भुमिकामा रहनुभएका भण्डारी सघीयता लागु भएपछी वडावडामा सेवा दिइ रहनु भएको छ । अहीले मात्र चौतारासाँगाचोकगढी नगरपालिकाको ४वटा वडा वडान ं २,१०,१२ र १४को जिम्मेवारी सम्हालीरहनु भएको छ । सचिब जान नमान्ने वडा, तथा समस्या परेका वडाहरुमा गएर काम गर्न रुचाउँने भण्डारी सरकारको नियम निती अनुसार पक्षपात नगरी काम गर्नु पर्छ हुने काम तत्काल गर्ने हो नहुने काम यो कारणले हुँदैन भन्ने हो काम गर्न जँहा पनी जान पर्छ भन्ने मानसिकता बोकेको भण्डारी अहीले लोकप्रिय कर्मचारीका रुपमा परिचित हुनुहुन्छ । स्थानीय सरकारको सबैभन्दा नजिकको निकाय वडा कार्यालय भएकाले नागरिकका दैनिक आवश्यकता र समस्यासँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ । जन्म, मृत्यु, विवाह, बसाइँसराइ दर्तादेखि विभिन्न सिफारिस, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता तथा अन्य प्रशासनिक कामका लागि नागरिकहरू वडा कार्यालय पुग्ने गर्छन् । यस्ता सेवाहरू सहज, छिटो र झन्झटरहित रूपमा उपलब्ध गराउनु वडा कार्यालयको प्रमुख दायित्व हो भन्दै वडा कार्यलयमा आएका सेवाग्रहीलाइ तत्काल सेवा दिनु नै आफ्नो धर्म कर्म दाइत्व सबै भएको भण्डारी बताउँनु हुन्छ सचिब कर्मचारीमा अधिकृत छैठौ भण्डारी मात्र हो । अरु सचिब हरु चौथो र पाचौ तहका रहनु भएको छ ।