सम्पर्क

१६ गते बाह्रबिसेमा सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन,

नेपाली कांग्रेस इतर पक्ष सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आगामी कात्तिक १६ गते बाह्रबिसेमा हुने भएको छ। कांग्रेसका प्रभाबशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख उपस्थितिमा आज काठमाण्डौमा सम्पन्न छलफलले अधिवेशनको मिति तय गरेको हो।जिल्लामा पार्टीको संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी एकता कायम गर्ने र आगामी राजनीतिक चुनौतीको सामना गर्न कांग्रेसलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको जनाइएको छ। अधिवेशनलाई सफल, व्यवस्थित र गरिमामय बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ।पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीलाई बलियो बनाउन आपसी एकता, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्ने भन्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्न सके संगठन थप सुदृढ हुने बताउँनु भएको छ। जिल्ला अधिवेशनलाई पार्टीको संगठनात्मक अवस्था समीक्षा गर्ने, कार्यकर्ताको भावना बुझ्ने र आगामी राजनीतिक यात्राका लागि साझा धारणा निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने समेत बस्नेतले बताउँनु भएको सुनकोसी गाउँपालिकाका पाटी सभापती कुमार बस्नेतले जानकारी दिनु भएको छ ।
बस्नेतको प्रमुख उपस्थितिमा भएको छलफलले जिल्ला अधिवेशनको मिति तय गरेसँगै अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेको छ। अधिवेशनमार्फत पार्टीभित्र सहमति, सहकार्य र मेलमिलापको वातावरण थप बलियो बनाउने अपेक्षा गरिएको छ।
जिल्ला अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता र कांग्रेसप्रति आस्था राख्ने शुभेच्छुकलाई आग्रह गरिएको छ। अधिवेशनमा संगठन विस्तार, पार्टीको भावी रणनीति तथा जिल्लामा कांग्रेसको राजनीतिक भूमिकालाई प्रभावकारी बनाउने विषयले महत्त्व पाउने अपेक्षा गरिएको छ।लोकतान्त्रिक विधि, आपसी सम्मान र सहकार्यलाई प्राथमिकता दिँदै अधिवेशन सम्पन्न गर्न सके यसले पार्टीभित्रको सम्बन्ध सुदृढ बनाउनुका साथै आगामी राजनीतिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।