
भोटेकोशी जलविद्युत आयोजनाको ध्यानाकर्षण
भोटेकोशी जलविद्युत आयोजनाले जेनजीले १० प्रतिशत निशुल्क शेयर पाँउने भन्ने समाचार प्रती आफ्नो ध्यान केन्द्रीत भएको जनाएको छ । शेयर सम्बन्धमा पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित “स्थानीयलाई निःशुल्क शेयर दिने सहमति” सम्बन्धी समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रा.लिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ।कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रा.लि. बीच निःशुल्क शेयर दिने बारेमा कुनै पनि सहमति नभएको भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशीको १० प्रतिशत शेयर खरिद गर्न आवेदन दिनुअघि जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई आफ्नो पब्लिक कम्पनीमा शेयरधनी बनाइसक्नेछ। त्यसपछि भोटेकोशीले उक्त कम्पनीलाई प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० प्...