सम्पर्क

हर्रेटावर खेल मैदानमा कदमबास बी को जित

हर्रेटावर खेल मैदानमा भएको खुल्ला फुटबल प्रतियोगितामा कदमबास बी ले प्रथम स्थान हासिल गरेको छ भने हर्रे युवाक्लब होल्काहुइलले देश्रो स्थान प्राप्त गरेका छन पहीले स्थान प्राप्त गर्नेलाइ चालीस हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिएको थियो भने दोश्रो स्थान प्राप्त गर्नेका लागगी बिस हजार नगद सहीत ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।  चौतारासाँगाचोकगढी नगरपालिका वडा न १० को आर्थिक सहयोगमा हर्रे युवा क्लब र जल्केनि युवाक्लबको आयोजनामा भएको खुल्ला फुटबल प्रतयोगिता हर्रे टावर खेलमैदानमा भएको प्रतियोगितामा १७ समूह ले भाग लिएका थिए जसमाएभरेष्टयुिनटेड,कदमास बि,जल्केनि एफ.सी.ईर्खु एफ.सी.कदमबास ए,ईन्द्रावती १०,कोल्याप्स एफ सी फ्युचर क्याम ,योङव्याइ,स्वाराथोक एफ सी,खत्रिथोक,भिमटार एफ सी,अनैकोट एफ सी,रानिथोक युवा जागरण समाज,होल्का हिल सहभमगि भएका थिए । असोज ३०÷३१÷र१ गते भएको प्रतियोताका बिजयीहलाइ नगद तथा प्रमाण पत्र बितरण गर्दै नगर उपप्रमुख सिता थापाले वडा नं १०का वडा अध्यक्ष निल बहादुर तामाङले टावर खेलमैदानमा यो प्रतियोगिता राखेर खेलजगतलाइ चिनाउँने काम गर्नु भएकोमा बिशेष धन्यबाद दिदै यो खेलका लागी आफुले गर्न सकने सहयोग गरेको बताउँदै खेल मैदानलाइ घेराबार गर्न आबश्यक बजेटका लागी आफुले पहल गर्ने बताउँनु भयो । बिनोद तामाङको सभापतित्वमा भएको कार्यक्रमको बिशेष अतिथी वडा अध्यक्ष निलबहादुर तामाङ सुमनले छोटो समयमा खेल प्रतियागिता राखेर १७समुहले प्रतिस्पर्धा गरेकोमा खुशी लागेको बताउँनु हुँदै आयोजक तथा सहभागी सबैलाइ बिशेष धन्यबाद दिनुनुभयो भने ९नंम्बर वडाका वडा सदस्य सिर्जना तामाङले सबै प्रति धन्यबाद दिनु भएको थियो । यस अघी १७ समुह सँग प्रतिष्पर्धा गर्दै हर्रे र कदमबास फाइनलमा पुगेका थिए फाइनल खेलमा कुनै पक्षबाट पनी गोल हान्न नसके पछी प्लान्टी खेलाइएको थियो प्लान्टी खेलाउँदा कदमबासले जितेको थियो ।