काठमाडौँ, ३ कात्तिक : वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् ।
साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं दर्शनका लागि राजधानीका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । यो मन्दिर वर्षमा नवरात्रका चार दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । फूलपातीदेखि विजयादशमीसम्म चार दिन हजारौँ भक्तजनले यहाँ पूजा आराधना एवं दर्शन गर्ने गरेको नेपाल ट्रष्टको कार्यालय गोकर्ण दक्षिणढोका एकाईका कर्मचारी प्रकाश केसीले राससलाई जानकारी दिनुभयो । नेपाल ट्रष्टको कार्यालयले पनि वर्षमा एकपटक बोकाको बलिसहित पूजा गर्ने गरेको पनि उहाँले सुनाउनुभयो । यो मन्दिरमा प्रवेश गर्ने चार वटा बाटो रहेका छन् । गोकर्णेश्वर महादेव मन्दिरअघि हाल नेपाली सेनाको विपद् व्यवस्थापन गणको मूलढोका, उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिर नजिकैको प्रवेशद्वार, गोकर्ण फरेस्ट रिसोर्टको प्रवेशद्वार र दक्षिणढोकास्थित नेपाल ट्रष्टको कार्यालय गोकर्ण एकाईबाट जान सकिन्छ । उत्तरवाहिनी र गोकर्ण मन्दिरअघिको बाटोबाट थोरै पैदल यात्रामा वनदेवीको दर्शन गर्न सकिन्छ । यी दुवै बाटोबाट करिब १५ मिनेटको पैदल यात्रामा वनदेवी जान सकिने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । मन्दिरमा हाल नित्य पूजा भने हुन नसकेको पनि उहाँले स्वीकार गर्नुभयो । यो वन राजनिकुञ्ज भएर सर्वसाधारणका लागि बन्द गरिएदेखि नै यहाँ नित्य पूजा हुन नसकेको हो । राजनिकुञ्ज हुँदा राजदरबारबाट नै वर्षमा एकपटक बोकाको बलिसहित विशेष पूजा गरिन्थ्यो । हाल यो परम्परालाई नेपाल ट्रष्टको कार्यालयले निरन्तरता दिएको छ । गोकर्णको वनदेवीसँगै राजधानीका गुह्येश्वरी, जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा पनि दर्शनार्थी भक्तजनको लाम लागेको छ । आज नवरात्रको अन्तिम दिन भएकाले देशभरका सबै शक्तिपीठ र देवीस्थान एवं मन्दिरमा बिहानैदेखि बेलुकीसम्म नै लामो लाम लागेको जनाइएको छ । रासस