सम्पर्क

सिन्धुपाल्चोक काँग्रेस जिल्ला सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध

नेपाली कांग्रेसकोे १५औ सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट बालकृष्ण बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । बाह््बिसेमा  भएको जिल्ला अधिबेशनले बस्नेतलाइ निर्बीरोध निर्बाचित गरेको हो सोमबार बाह्रबिसेमा सम्पन्न अधिवेशनले बाह्रबिसे नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका बस्नेतलाई जिल्ला सभापतिमा निर्विरोध गरको छ भने उपसभापतीमा गोरखहवज लामा प्रदिप गुरुङ रहनु भएको छ भने सचिबमा निराजन चौलागाई र रामचन्द्र बुढाथोकी रहनु भएको छ । यसै गरी सहसचिबमा रुपकपुरी , कोषाध्यक्षमा सुजन पौडेल र सदस्यहरमा कृष्ण बहादुर न्यौपाने, शेर बहादुर राय,श्याम सुन्दर पाख्रीन बिष्णुमायाँ तामाङ अनिल तामाङ लगाएत रहनु भएको छ । जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतले अहीले सम्म सबैले आफुलाइ नेता बनाएको अब आफुले अरुलाइ नेता बनाउँन लागी परेको बताउँनु हुँदै नेपाली काँग्रेसको आधिकारिता आफुहरुले पाउँने बताउँनु भयो ।कार्यक्रममा बोल्दै पुर्ब मन्त्री बस्नेतले वडा,पालिका र क्षेत्रीय अधिबेशन सके पछी जिल्ला र प्रदेस अधिबेशन गरेर केन्द्रीय अधिबेशन गर्न पर्नेमा त्यो नगरी जिल्ला र प्रदेसको अधिबेशन नै नगरी केन्द्रयि महाअधिबेशन भनेर भन्नु सान्धर्भबिक नहुने बताउँदै काँग्रेसको निती सिद्धान्त अनुसार आफुहरु बैधानीक रहेको बताउँनु भयो ।   नब निर्बाचित जिल्ल सभापती बालकृष्ण बस्नेतले आफु क्षेत्रीय सभापती हुँदा क्षेत्रमा काग्रेसलाइ पहीलो पाटी बनाउँदै यसै क्षेत्रका जनप्रतिनिधीलाइ जिल्लाको नेर्ततव समेत दिलाउँन सफल भइ जिल्ला सम्मन्व्य समिती समेतको नेर्तत्व लिन सफल भएको उदाहरण दिदै अब जिल्लामा नै सबै भन्दा ठुलो पहीलो पाटी बनाउँने यसका लागी सबै साथीहरुलाइ समेटेर अगाडी बढ्ने बताउँनु भयो । नबनिर्बाचित सचिब निराजन चौलागाइले देसको परिस्थती र बर्तामान आबश्यकता भनेको नेपाली काँग्रेसको नेतृत्व रहेकाले नेपाली काँग्रेस लाइ बलीयो बनाउान सबै एकजुट हुन पर्छ यसका लागी बर्तमान जिल्ला कार्यसमिती ले जिल्लामा पहीलो पाटी बनाउँन लागी पर्ने बताउँनु भयो । जिल्ला अधिवेशन सम्पन्न गरेसँगैे आगामी मंसिर ४ गतेका लागि तय गरेको प्रदेश अधिवेशनको तयारी अघि बढाएको छ । त्यसपछि मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्नेे तयारी रहेको समेत सचिब चौलागाएले जानकारी दिनु भयो । कार्यक्रममा पुर्ब मन्त्री माननीय मसिना खड्का, महाधिबेशन प्रतिनिधीहरु रामकुमार थापा बिकास तामागंलगाएत ले आआफ्नो दुबै क्षेत्रका क्षेत्रीय सभापतीहरु पलिका प्रतिनिधीहरुले आआफ्नो भनाइ राख्नु भएको थियो । यस अघी बारबिसे नगरपालिकाको होटल चण्डेश्रीबाट निस्केको र्यालीले नेपाली काँग्रेसका नेता बस्नेतलाइ बाजागाजा सहीत स्वागत गरेको थियो ।