सम्पर्क

सुनकोशीमा कांग्रेसका शीर्ष नेताहरूलाई भव्य स्वागत

नेपाली कांग्रेस सुनकोशी गाउँपालिका समिति र सुनकोशी–६ इकाई समितिले पार्टीका शीर्ष नेताहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, कोशी प्रदेशका पूर्वमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई, महासमिति सदस्य रामकुमार थापा र महासमिति सदस्य लालकाजी तामाङलगायतका नेताहरूलाई सुनकोशी गाउँपालिका–६ स्थित सात किलो मोडमा स्वागत गरिएको हो । काठमाडौँबाट सिन्धुपाल्चोक हुँदै दोलखाको चरिकोटमा कार्तिक २८ गते हुने कांग्रेस अधिवेशनमा सहभागी हुन जाने क्रममा नेताहरूलाई स्वागत गरिएको सुनकोशी गाउँपालिका सभापति कुमार बस्नेतले जानकारी दिनुभयो ।
स्वागत कार्यक्रममा नेपाली कांग्रेस सुनकोशी गाउँपालिका सभापति कुमार बस्नेत, सुनकोशी–६ इकाई सभापति रविन्द्र भण्डारी, क्षेत्रीय प्रतिनिधि इन्द्रबहादुर तामाङलगायत पालिका तथा वडा समितिका पदाधिकारी, स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताले पार्टीका शीर्ष नेताहरूलाई फूलमाला तथा स्वागतसहित सम्मान व्यक्त गरेका थिए । उक्त भेटघाटले स्थानीय तहका नेता तथा कार्यकर्ताबीच आपसी भेटघाट र संगठनात्मक सम्बन्धलाई थप बलियो बनाउने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन् ।