नेपाली कम्युनिस्ट पार्टीको सिन्धुपाल्चोकमा जिल्ला भरी राष्ट्रिय जागरण अभियानको शुरुवात गरेको छ । नेकपाको राष्ट्रिय जागरण अभियान को पार्टीका प्रमुख सचेतक,तथा केन्द्रीय सदस्य एवम सांसद युवराज दुलाले उद्धघाटन गर्नु भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि दुलालले जिल्लाका १२ वटै स्थानीय तहमा एकैदिन अभियान शुरु गरिएको बताउँद अभियान वडा–वडासम्म पुग्ने र संगठनलाई जनतासँग जोड्ने बताउँनु भयो ।पार्टीले पालिकास्तरीय अभियानलाई मंसिर २५ गतेसम्म ‘एक दिन, एक वडा’ का दरले सञ्चालन गर्ने कार्ययोजना बनाएको जनइएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ः सहिद स्मृति भवन चौतारामा भएको कार्यक्रमको उद्घाटन केन्द्रीय नेता कृष्णप्रसाद सापकोटाले गर्नु भएको थियो ।यसै गरी पूर्वसांसद तथा केन्द्रीय नेता माधव सापकोटा ‘सुबोध’ले भोटेकोशी गाउँपालिका ः पुरानो चाकु बजारमा भएको कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा पालिका तथा जिल्ला तहका नेता, कार्यकर्ता र जनवर्गीय संगठनका प्रतिनिधि सहभागी थिए।यसै गरी बाह्रबिसे नगरपालिका ः वडा नम्बर ८ स्थित मानेस्वारामा भएको कार्यक्रमको उद्घाटन केन्द्रीय नेता लालकान्छा तामाङले गर्नु भएको थियो ।१२वटै पालिकामा कार्यक्रम भएको हो ।
