सम्पर्क

सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको लोकप्रियसमाचाराष्टिय दैनिकले स्थपना दिबश मनाउँने क्रममा यस बर्ष नयाँ कार्यक्रम गरेको छ । जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको थानबारे डाँडामा बृक्षरोपण सहीत जन्मोत्सव पार्क निर्माको शुभारम्भ गरिएको छ । अग्रेजहरु सँगको लडाइमा अभिमान सिह बस्नेतको नेतृत्वमा रहेको गोर्खाली सेनाहरुले त्यस स्थानबाट बिजय प्राप्त गरेको , डाडाँमा काठमाण्डौ भ्याली र हिमालबाट देखिने गरी नेपालको झण्डा समेत रहेको त्यहाका बृद्धाहरुले बताए पछी उक्त स्थानमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्रनो स्थपना दिबश तथा प्रकाशक नेत्र बहादुर बस्नेतको जन्म दिन को अबशरमा उक्त कार्यक्रम गरिएको हो । उक्त स्थानमा पुराना बङ्कर हरु , बन्दोबस्तीको लागी तैयार गरिएका सुरुङ्गहरु फेला परेको ले सोही स्थानलाइ सरक्षण गर्नका लागी उक्त स्थानमा यो अभियान गरिएको आयोजक नेत्र बहादुर बस्नेतले बताउँनु भयो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा वडा अध्यक्ष उद्धब नेपालको बिशीष्ट अतिथ्यता र अबधारणकार गोबीन्द प्रसाद चौलागाइ, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको प्रहरी उपरिक्षक रामेश्वर कार्की शशस्त्र प्रहरी बल सिन्धुपाल्चोक प्रहरी उपरिक्षक अच्युत कुमार मजगैया , सञ्चार केन्द्रका महासचिब कृष्ण कुमार यादब लगाएतको अतिथ्यतामा कार्यक्रम भएको थियो । राम्चे सामुदायक बन उपभोक्ता समितीका अध्यक्ष बलराम बस्नेतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी प्रजिअ बन्धु प्रसाद बास्तोलाले हरेक नागरिकले आफेनो जन्म दिनमा यसरी बिरुवा रोपेर हुर्काउँदा देस को बिकासमा ठुलो योगदान पुग्ने बताउँदै थानबारे डाडाँ आफैमा एतीहासिक स्थान रहेको पाइएकाले यसको बिकासका लागी आफुले सकेको सहयोग गर्ने बताउँनु भयो । यसै गरी जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका अबधारकारण अभियान्ता नेपाल पत्रकार महासघंका निर्बतमान केन्द्रीय सचिब गोबीन्द चौलागाइले यो अभियान रौतहट जिल्लाबाट शुरु भएको रौतहट पछी काभ्रे पलाञ्चोक र तेश्रो सिन्धुपाल्चोक भएता पनी जन्मोत्सव पार्क पनी बनाउँने पहीलो हुने बताउँनु भयो । उँहाले नेत्र बहादुर बस्नेतले आफ्नो जन्म दिनमा यो अभियान थालनी गरेकोमा बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा बन डिभजिनल कार्यलयका डिभीजनलन अधिकृत मदन कडेलले पार्क निर्माणका लागी आबश्यक सहयोग गर्ने बताउँनु हुँदै बिरुवा रोप्नका लागी निशुल्क बिरुवाको व्यवस्था समेत गरिदिने बताउँनु भयो । कार्यक्रममा १४ नं वडाका वडा अध्यक्ष उद्धब नेपालले जन्म दिनलाइ सत्कर्ममा जोडौ भन्ने कार्यक्रम आफैमा एतीहासिक भएकोले यसलाइ निरन्तरता दिने र पार्क निर्माणका लागी वडा कार्यलयबाट आबश्यक सहयोग हुने बताउँनु भयो । डडुवा भवानी शङ्कर माबीका प्रअ बद्री पसाद नेपालले यस्ता ऐतीहासिक काममा नेत्रबहादुर बस्नेत धेरै अगाडी रहेकोमा प्रशंसा गर्दै बस्नेत लगाएत वडाअध्यक्ष उद्धब नेपालका २बर्षका छोरा उत्सव नेपाल, नेत्र ज्योती कृषी सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपाल सहीतलाइ जन्म दिनको शुभकामना दिनु भयो । कार्यक्रम सञ्चालन गरिरहनु भएका जन्मदिनका नेत्र बहादुर बस्नेतले यो पार्क निर्माणका लागी लोकप्रिय समाचार राष्टिय दैनिकले पहल गर्ने बताउँनु भयो । कार्यक्रमको समापन गर्देै कार्यक्रमका सभापतीत्व गरिरहनु भएका बलराम बस्नेतले यो डाडाको आफ्रनै इतिहाँस रहेको ले यसलाइ सबै ठाँउमा चिनाउँने काम भएकोमा बिशेष धन्यबाद दिदै हरेक नागरिकले १,१ बिरुवा रोपेर हरियाली बनाउँन पर्ने बताउँनु भयो । कार्यक्रममा सहभागी सबैले १,१ बिरुवा रोपेका थिए । कार्यक्रममा सञ्चारकमीहरु सहीत स्थानीयहरुको व्यापक सहभागीता रहेको थियो ।