सम्पर्क

सरकार बनाउने पहल राष्ट्रपति बाटै हुनु पर्छ ः पत्रकार महासंघ

नेपाल पत्रकार महासघले राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनु पर्छ भनेको छ । यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको समेत महासघंले जनाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आज एक बिञेप्ती प्रकाशन गरी यस्तो जनाउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा
नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको छ । अहिले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ ।
सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकोले मुलुक संक्रमणकालिन अवस्थामा छ । यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर सडकमा उत्रिएको युवा पुस्ताको आन्दोलनको क्रममा २३ जनाको ज्यान गइसकेको छ। धेरै बालबालिका र सुरक्षाकर्मी धाइते भएका छन् । महासंघ जीवन गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
मुलत सुशासनको माग राखेर भएको आन्दोलनमा लाखौं युवाहरु सरिक भएका थिए यसले लोकतान्त्रिक प्रक्रियालाई नै बलियो बनांउछ तर संवैधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजानुको विकल्प छैन । अहिले देशैभरी पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन् ।
४ जना पत्रकारहरु गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छ्न् । जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ । यो दुखदु र आपत्तिजनक बिषय हो । राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।साथैै राज्य र आन्दोलनकारीलाई प्रेस माथि निसाना नबंनाउन र यसमा कुनै घुसपैठ भएको भए सो सम्बन्धमा ख्याल राखी प्रेस तथा अभिव्यतिm स्वतन्त्रता कुण्ठित हुन नदिन अपिल गर्दछ ।
जेनजी पुस्ताका मागहरु माथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी छ भन्ने महासंघको ठहर छ । देशमा व्याप्त भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमन निन्दनीय छ । त्यस्तै आन्दोनलका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासंघ दुःख व्यक्त गर्दछ । सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचना र सञ्चार माध्यमका कार्यालयहरुमा पु¥याइएको क्षतिप्रति खेद व्यक्त गर्दछ । यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्योहोर्नु पर्ने छ।
तसर्थ तत्काल यो संक्रमणकालीन अवस्थाको अन्त्यका लागी शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले सवंैधानिक र राजनीतिक रुपमा निकास निकाल्न पहल गर्नुपर्छ । मुलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनु पर्दछ भन्ने महासंघको ठहर छ ।
यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनु पर्छ । र यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको जानकारी गराउदंछौ । सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ ,जंगी अड्डाबाट होइन भन्ने महासंघको ठहर रहेको छ । तर पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भुमिका सराहनीय छ।
जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेटदै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गदै थप उपलव्धि हासिल गर्न जरुरी छ । संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकारवाला पक्षलाई महासंघ हार्दिक अपिल गर्दछ , भनीएको छ