सम्पर्क

.

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

., अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागद्वारा विज्ञप्तिमा उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना ...
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, १४ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।” राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याइ नागरिकको शान्तिपूर्ण ...
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

., अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १४ साउन : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु”, उहाँले भन्नुभयो, “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।” उहाँले नेपालको संव...
लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

., खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
चौतारा । सिन्धुपाल्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक मुद्दा समीक्षा कार्यक्रम सम्पन्न गर्दै न्याय सम्पादनको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। अदालतले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ, जसले न्यायिक प्रशासनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने प्रयासलाई थप मजबुत बनाएको देखिएको छ।अदालतमा आर्थिक वर्षको सुरुआतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २०० मुद्दा रहेका थिए भने चालु वर्षमा थप ७६० नयाँ मुद्दा दर्ता भएका थिए। यससँगै कुल ९६० मुद्दाको लगत कायम भएको थियो। तीमध्ये ७५१ वटा मुद्दा फछ्र्योट गरिएको छ भने २०९ वटा मुद्दा अझै बाँकी रहेका छन्।  अदालतले चालु आर्थिक वर्षमा ६७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर निर्धारित लक्ष्यभन्दा ७५ वटा बढी मुद्दा टुंग्याउँदै...
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

., अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । ...

मानुषी लघुवित्तको महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न

#, ., अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, विचार, विचित्र संसार, समाचार
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलम्चीद्वारा आयोजना गरिएको महिला उद्यमशीलता तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सदस्यहरूको सीप विकास, जीविकोपार्जन वृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिम कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यम सञ्चालन, सीप अभिवृद्धि तथा आयआर्जनका विभिन्न पक्षहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो। महिलाहरूको सशक्तीकरण तथा आत्मनिर्भरतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले मेलम्चीमा विविध विषयमा छलफल गर्दै एकदिने गोष्ठी सम्पन्न गरेको हो । मानुषी लघुवित्तले विगतदेखि नै महिलालाई प्राथमिकतामा राखेर विना धितो कर्जा प्रवाह गर्दे आएको छ । बचत सङ्कलनका लागि ग्रामिण भेग सम्म पुगेर घरदैलो कार्यक्रम गर्दे महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन उत्प्रेरित गर्दै आएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका ...
सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

., कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
रुपक पुरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को चुनावी माहोल तातिँदै गएको छ । गाउँ–बस्ती, चिया पसल र चौतारीमा उम्मेदवारका नामसँगै उहाँहरूको पृष्ठभूमि र क्षमताबारे चर्चा चल्न थालेको छ । यसपटक यहाँ १८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसले चुनावलाई बहुपक्षीय र प्रतिस्पर्धात्मक बनाएको छ । निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोक–२ बाट १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र तीन जना स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा रहनु भएको छ । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न पाएपछि सबै उम्मेदवार मतदाता भेटघाट र प्रचारप्रसारमा व्यस्त रहनु भएको छ । आयोगले सार्वजनिक गरेको व्यक्तिगत विवरणले उम्मेदवारहरूको शैक्षिक र सामाजिक पृष्ठभूमि उजागर गरेको छ । यस सूचीमा एसएलसीदेखि पीएचडीसम्मका शैक्षिक योग्यता भएका उम्मेदवार छन् । केही उम्मेदवार गाउँकै जनजी...

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ५ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपापले राससलाई जानकारी...

सरकार बनाउने पहल राष्ट्रपति बाटै हुनु पर्छ ः पत्रकार महासंघ

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपाल पत्रकार महासघले राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनु पर्छ भनेको छ । यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको समेत महासघंले जनाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आज एक बिञेप्ती प्रकाशन गरी यस्तो जनाउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको छ । अहिले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ । सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकोले मुलुक संक्रमणकालिन अवस्थामा छ । यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनक...

सञ्चार संस्कृति र ब्ल्याक बक्स

., अन्तर्वाता, जिबनशैली, विचार, समाचार
भवानी बराल सूचना प्रविधिको विकासले आमसमुदायमा सूचनाको पहुँच सहज भएको छ । तर, सँगसँगै सञ्चार संगठनहरुमा आममानिसको पकड कमजोर भएको छ । निगम (कर्पोरेट) संगठनहरुबाट उत्पादित सूचनामात्र उपयोग गर्नु पर्ने बाध्यता आइरहेको छ । यसले राजनैतिक व्यवस्थामा पनि उग्र सिण्डिकेट प्रणालीलाई व्यवस्थित गर्दै लगेको छ । पुँजीवादी व्यवस्थामा सञ्चार संगठनहरु निगम मातहत हुन्छन् । पुँजीपन्थीहरुले सञ्चारका साधनहरुलाई औद्योगिकीकरण गर्छन् । पुँजीवाद स्वतन्त्र आर्थिक प्रणाली हो । पुँजीवादमा व्यक्तिगत उपयोगका लागि वस्तुको उत्पादन गरिन्न । नाफाका लागि वस्तुको स्वतन्त्रतापूर्वक उत्पादन गरिन्छ । पुँजीवादमा मालसामान उत्पादन प्रणाली विस्तार गरिएको छ । कुटिर उद्योगको स्थानमा ठूला उद्योग, पुँजी र संगठित शक्ति लागेका हुन्छन् । नाफा कमाउने र विनिमय मात्र गर्ने लक्ष्य भएकोले आत्मनिर्भरता यसको उद्देश्य भित्र पर्दैन । सञ्चार उत्...