सम्पर्क

संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

नेपाली काँग्रेस सँग आबद्ध तरुण युवा, विद्यार्थीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न र संविधानको रक्षाका लागि भन्दै काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका छन् । तरुण, युवा र विद्यार्थीले बिहीबार बिहानै काकाठमाडौं चाहबेल लगाएतका क्षेत्रहरुमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेका बताएका छन ।नेविसंघका नेता मनीषजंग थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक शून्यताले हजारौं नेपाली जनताको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र संविधान आज संकटमा परेको महसुस भइरहेको बताउँनु भएको छ । युवा नेता रामकुमार थापाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै चाबहिलमा दबाबपूर्ण कार्यक्रम गरेको छ । सिन्धुपाल्चोक ,काभ्रे ,दोलखाका युवाहरुले सयुक्त रुपमा दबाब दिन भेला भएका थिए ।