प्रिती बिक ःसिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा न ४ ओखरिनी मा पिता देबिन्द्र बाहदुर खडका माता कृष्ण माया खडकाको कोषबाट २०३९पुस २७ गते जन्मनु भएको हिरा ्खड्का नाम जस्तै काममा पनी हिरा हुनु भएको छ । गाउकै क्षेमा देबि माध्यमिक बिद्यालयमा कक्षा १देखी –ए स एल सि सम्मा अध्यन गर्नु भएका खड्काको बोली ले सबैलाइ मोहनी नै लगाइदिन्छ । मिठो स्वर नम्र बोली साना ठुला सबैलाइ सम्मान पुर्बक कुरा गर्न सक्ने हिरा को अहीलेको पेसा भनेको बाह्र्बिसेमा लेखापढी हो । उाहाले डिप्रोक्स नेपाल नामक गैर सरकारी सस्थामा सहजकर्ता पदमा रहि बालबालिका तथा महिलाको क्षेत्रमा जागिरी जिवन सुरु गरि तत्कालिन श्री सारदा उच्च मा बि बाह्रबिसेमा कक्षा ११÷१२ को अध्यन गरि अध्यन सम्पन्न गर्नु भएको थियो । उँहाले डिपोक्र्स नेपालमा पनि काम गरिरहनु भएको थियो।गैर सरकारी सस्थामा आबद्ध रहदै काठमाडौंको त्रि चन्द्र कलेज बाट स्नातक उतीर्ण गर्नु भएको थियो। पढ्दै १६ बर्ष उमेर देखि जागिरी जीवन सुरु गर्दै कार्यरत सस्था डिप्रोक्स नेपालको विभिन्न परियोजनाहरु बालबालिका तथा महिला कृषि स्वास्थ र खानेपानी क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाको तत्कालीन विभिन्न गा.वि सहरु मा र दोलखा जिल्लाको जिल्ला परियोजना प्रमुख भएर ८ बर्ष ४ महिना काम गर्नु भएको अनुभब खड्का सँग छ । त्यस्तै त्यसपछी गाउकै नारायण प्राथमिक बिधालयमा १ बर्ष शिक्षकको रुपमा काम गर्नु भएको थियो।त्यसपछी युनिसेफक को परियोजना तनहुँ जिल्लामा १ बर्ष काम गर्नु भएको थियो।त्यसपछी परियोजनाको समय अवधि सके पछि नेपाल चीन बाट नेपाल विभिन्न किसिमको सामग्री ब्यापार ब्यबसाय गरिरहनु भएको थियो।त्यसै क्रममा बिक्रम सम्वत २०७२ साल बैशाख १२ गतेका दिनमा आएको महा बिनासकारी भुकम्पमा चिनियाँ भु –भागको खासा भन्दा तल बिच जङ्गलमा परि उक्ता रात जङ्गलमा नै बिताउदै बैशाख १३ गते चीन बाट नेपाल प्रवेश गरि विभिन्न पहिरो खोला नाला छल्दै पार गर्दै जङ्गलको बाटो हुँदै २ दिन देखि पानी मात्र पिएर २ दिन पछि जङ्गलमा पाइने काचो एसेलु लाली गुराँसका फुल काँचो गहुँ खाएर पुनः फेरि जङ्गलमा नै रात बिताउदै ३ दिन पछि रेडियोले बेपत्ता भएको सुचना प्रवाह गरिरहेको घर परिवारले माया मारेको अबस्थाका हिरा बहादुर को लास खोज्न जान तयारी गरिरहेको र घरमा रुवाबासीका साथै खड्काका श्रीमती आत्मा हत्या गर्न तयारी भइ रहेको अवस्थामा खाली खुट्टा खाली पेट जन्म स्थान बाह्रबिसेको ओख्रेनि आइपुग्नु भए पछी परिबारमा खुशी छाएको थियो ।
उक्त पिडा दायिक र जिबनले आश मारिसकेको अनुभव सुनाउनु हुँदै करिब १ बर्ष कुनै पनि ब्यबसाय पेसा नगरी घरमा नै बसेको र अब कहिले पनि चिनियाँ भुभाग अर्थात खासा ब्यापार नगर्ने सोच बनाइ गैरसरकारी सस्थाको अनुभव भएको कारणले पुनः फेरि बिक्रम सम्वत २०७३ साल देखी सामुदायिक सारथीमा रहि सुसाशान पार्दर्शी र जवाफदेहिता क्षेत्रमा सिन्धुपाल्चोक जिल्ला संयोजक भइ ३ बर्ष काम गर्नु भएको थियो।परियोजनाको समय समाप्ती सङ्गै देशमा कोविड १९ कोरना भाइरसको सङ्क्रमन अवधीमा नै फेरि अर्को गैरसरकारी सस्था काभ्रेको कुन्ता बेसिमा रहेको समाज सेवा समूह सस्थामा रहि खाने पानी स्वास्थ सरसफाइ क्षेत्रमा पुन १ बर्ष काम गरि कार्यक्रमको समय अवधी सके पछि फेरि नया गैरसरकारी सस्था शान्ती फाउन्डेसन अनतर्गत सिन्धुपाल्चोक जिल्ला संयोजक पदमा रहि मानव बेच बिखन विरुद्ध महिला हिंसा विरुद्ध र एच आइ भि सङ्क्रमित नागरिकहरुको क्षेत्रमा ३ बर्ष कार्य गरि १६ बर्ष ३ महिना विभिन्न किसिमको गैरसरकारी सस्थामा काम गरि अनुभव हासिल गरेको र अहिले क्षेमा देबि पुर्व विद्यार्थी समाजको अध्यक्ष हुँदै बाह्रबिसे लेखा पढि सेवाको प्रोपाइटर रहनु भएको छ । खड्काले बाह्र्बिसे क्षेत्रका नागरिकहरुलाइ लेखापढीको काम गर्न सदरमुकमा चौतारा धाउँन पर्ने भएकाले बाह्र्बिसेमा नै सेवा दिन पर्छ भनेर सेवा दिन लाग्ने भएको छ । ( रेडीयो लोकप्रिय नेत्रज्योती१०६.६बाह्रबिसे )