सम्पर्क

बाह्रबिसे बजार सुनसान

सुमित्रा बस्याल ,
सधै धेरै चहलपहल हुने सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार बिगत केही दिन देखी सुनसान भएको छ । बिगत ३ दिन अघि देखि नेपालमा सुरु भएको जिन– जि आन्दोलनको कारण देसै भरी कफ्र्यु , निषेधाज्ञा रहेको छ भने सिन्धुपाल्चोकमा पनी हिजो कफ्र्यु थियो भने आज निषेधाज्ञा छ । कफ्र्यु कम घरबाट बाहीर निस्कन बन्देज लगाइएको थियो भने निषेधाज्ञामा ५ या ५जना चन्दा बढी हुल बाधेर हिड्न, सभा जुलुस गर्न पाइदैन , जिल्ल प्रशासन कार्यलयबाट जारी सुचना अनुसार आज जिल्ला भर निषेधाज्ञा छ । यसै क्रममा बाह्रबिसेमा पनि३ दिन अघि देखिनै प्रदर्सन सुरु भएको थियोे।त्यो प्रदर्सन बाट सार्बजनिक सम्पती लगायत निजि सम्पतीहरुको क्षेती हुन नदीन सुरक्षा को लागि नेपाली सेना परिचालन भएको थियोे। औषधि उपचार गर्न जान हिड्न सक्ने बिरामी एक जनालाइ मात्र जानदिएको छ भने पर्यटक बोकेका बसहरु पनि बाह्रबिसेमा रोकिएको अबस्था छ। साना दुई पाङ्ग्रे सवारी साधनहरु लाई पनि एक जाना भन्दा बढी चढ्न दिएको छैन। अती अवस्यक बाहेक जुन बाटो आयो त्येही बाटो फर्काएर पठाइएको छ।चोक चोकमा नेपाली सेना नेपाल प्रहरीहरुले सुरक्षा दिइरहेको छ। पसलहरु पनि खोल्न दिइरहेको अवस्था छैन । बाह्रबिसेमा सुरक्षा व्यवस्था झन् कडा र बाह्रबिसेमा अझै जोखिम हुन सक्ने सम्भावना देखिएको भन्दै नेपाली सेना नेपाल प्रहरीले बाह्रबिसेमा अत्याधिक निगरानी बढाएको र टुरिस बसहरुमा समेत सवारी चालक र सहचालक बाहेक अरुलाइ यात्रा गर्न नदिएको अबस्था रहेको छ। बाह्रबिसेमा पसलहरु निजि विद्यालयहरु सरकारि विद्यालयहरु कलकारखानाहरु सरकारी कार्यलयहरु बन्द रहेको छ।,,,,परिक्षार्थी पत्रकारबाह्रबिसे,