सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पीपलडाँडास्थित गौराती भिमेश्वर मन्दीरमा लाग्ने मेलामा आउँने भक्तजनहरुको सुरक्षाका लागी जिल्ला प्रशासन कार्यलयले माताहतका सबैलाइ मेला शुरु भए देखी अन्त सम्म अझ बढी निगरानी बढाएको छ । मेलामा कुनै पनी अप्रिय घटना हुन नदीन सुरक्षा निकाय हरु चनाखो भएका छन भने स्थानीय प्रशासनले बिशेष चासो देखाएको छ ।
गत बर्षहरु भन्दा यस बर्ष भक्तजनहरुको उपस्थिती बढ्ने अनुमान गरिएको छ । यो वर्ष मंसिर ८ गते मेला लाग्दैछ । जिल्लाकै ठूलो पर्व मानिएकाले चौतारा साँगाचोकगढी नगरपालिकाले माताहतका कार्यलयहरुलाइ स्थानीय बिदा दिने चलन रही आएको छ । यस बर्ष पनी नगरका कार्यलय हरुमा बिदा दिइएको छ । गौराति भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । बृद्ध हुन् या केटाकेटी, युवायुवती हुन् या अधबैंसे सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् । किम्वदन्ती अनुसार हालको गौराति थुम्को प्राचिन कालमा गाइ वस्तु चराउने खर्क थियो । खर्कमा रहेको एउटा गोठमा भर्खरै ब्याएकी गाईले सधँै लुकेर दूध चढाउने गरेको गोठालाले देखेपछि त्यहाँ खनेर हेर्दा दिब्यस्वरुप प्रकट भई ‘ म भिमसेन हुँ मेरो पूजाआजा गरे राम्रो हुनेछ भने पछी भीमेश्वर उत्पत्ति भएको विश्वासले पूजाआजा सुरु भएको कहावत छ । गाईले राति दूध चढाएपछि त्यस ठाउँको नाम (गौ+राति) र भिमसेन हुँु भने पछी गौराति भिमसेन रहन गएको धार्मिक मान्यता रही आएको छ । गैराती भिमसेनको मन्दीरको निर्माण कहीले भयो भन्ने रेकर्ड नभेटस्उता पनी वि.सं. १६४२ मा मन्दिरमा पीपलडाँडाका दलबहादुर कुँवरले चढाएको घण्टाको आधारमा धेरै पुरानो हो भन्न सकिन्छ । २०५३ सालमा मन्दिरलाई पुनर्निमाण गरेपछि मन्दिर र त्यस स्थलको सौन्दर्य बढेको छ । १४ लाख रुपैयाँ लागतमा पुनर्निमाण गरिएको मन्दिरको तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्यले २०५३ मंसिर २ गते शिलाअनावरण गर्नु भएको थियो । तत्कालिन राजा रानीबाट रोपिएको रुद्राक्षको बोटलाई अहिले पनि स्थानीयले उँहाहरुको चिनोको रुपमा मान्ने गरेका छन् । त्यसै बेला मन्दिर परिसरमा लक्ष्मी र महाकालीको मन्दिर पनि निर्माण गरिएको थियो । त्यहा रहेको रुद्राक्षको बोटले फैलाएको हाँगाहरुलाइ रराजा रानीको परिबारको रुप हो पनी भन्ने गरेका छन ।
पूर्णिमाको दिन चौतारा बजारको भीमेसेनको मूर्तिलाई पूजाआजा गरी रथमा राखेर गौराति लगिन्छ । यसलाई रथ जात्रा भनिन्छ । नेवार समुदायका गुठियारले पञ्चैबाजासहित रथ कतै नरोकी चुँदुवाडाँडा पु¥याउँछन् । गौरातिबाट आएका गुठियारले त्यहाँ बलि दिएर स्वागत पूजा गर्छन् । त्यसपछि गुठियारको घर–घरमा बिसाउँदै गौराति पु¥याएर भीमसेन र भीमेश्वरको मिलन गराइन्छ । पूर्णिमाको भोलिपल्ट अगाली पूजा गरिन्छ । भक्तजनहरु पूजाआजा गर्छन्, गुठियारहरुले बलि दिन्छन् । त्यसपछि काटमार बन्द हुन्छ ।बिदाई पूजाका साथ भीमसेनको रथलाई बेलुकी पख पुनः सदरमुकाम ल्याइन्छ । रथका भीमसेनलाई जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी अधिकारीले पनि बलि चढाई पूजा गर्छन । अदालतको पूजा सवै भन्दा पुरानो हो । सरकारी कार्यालयको पूजा पछि गुठीयारको घर–घरमा विसाउँदै तीन दिनपछि भीमसेनलाई मन्दिरमा भित्र्याएपछि गौराति मेला सकिन्छ । चौतारावासीले पर्वकै रुपमा चोक चोकमा चँदुवा टाँगेर रथको पूजा आजा गर्दै बोका बलि दिन्छन् ।अन्य बेला स्थानीय पूजारीले नियमित पूजा गर्ने भिमेश्वरमा मेलाका बेला भने मुल पुरेत आचाजु जातीका नेवारले पूजा गर्ने गर्दछन् । त्यतिबेला गौरातिमा मात्र हैन चौतारा भिमसेनको पूजा समेत तीनै आचाजुले गर्ने गरेको स्थानीयको भनाई छ ।मेलामा बूढापाकाहरु रातभर जाग्राम बसेर पूजाआजाका साथ भजनकीर्तनमा नतमस्तक हुन्छन् ।सेल, रोटी, रक्सी, सुन्तला बदाम लगायत स्थानीय उत्पादनको व्यापार बढ्छ । सदरमुकाम चौताराबाट चार किलोमिटर पैदल या गाडी यात्राद्धारा गौराति पुग्न सकिन्छ । गौराति क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएपनि कार्यान्वयन नहुँदा भने धार्मिक पर्यटनको विकास सोचेजति हुन सकेको छैन । गौराति मेलाको व्यवस्थापन र पर्यटन विकासका लागि २०५३ बाट गौराति विकास समिति गठन गरिएपनि यसले सोचेजस्तो काम गर्न सकेको छैन । अहिले स्थानीय युवाले मन्दिरको संरक्षण गरिरहेका छन् । युवाहरुले समिति निर्माण गरि मन्दिरको प्रचारप्रसार गरि धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिरहेका छन् ।आधिकारिक तथ्यांक नभएपनि गौराति जिल्लाकै बढि बलि पूजा हुने मन्दिर हो । मेलाका बेलामा मात्र नभइ अन्य समय पनि उत्तिकै बलि हुने स्थानीय बताउँछन् । कात्तिक पूर्णिमादेखि फागुनसम्म हरेक पञ्चमीमा भिमेश्वरलाई पञ्च बली दिने प्रचलन छ । मेला सुरु भएदेखि फागुनको पञ्चमीसम्म ३ हजारको हाराहारीमा पशु बली हुने विगतको अनुभव छ । गौराति मेला भर्न जिल्ला भित्रका मात्र हैन राजधानी, काभ्रे, नुवाकोटबाट पनि भक्तजनहरु आउने गरेका छन् ।कात्तिक पूर्णिमाका दिन मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु जाग्राम बस्छन् । मनोकांक्षा पूरा गर्न भक्तजनहरुले भीमेश्वरमा बत्ती बाल्ने र पशुबलि दिने भाकल पहिल्यै गरेका हुन्छन् । कसैले आफ्नो मनौती मनाउन पाँचै बाजासहित भीमेश्वरलाई बलि दिने र विवाहित युवायुवतीले सन्तान नहुँदै बोकाको बलि चढाउने गर्छन् । मन्दिरमा पूर्णिमाका पाँचदिन अघिदेखि पाँचदिन पछिसम्म बत्ती बालिन्छ ।चौतारा साँगाचोकगढी नगरपालिका ६ मा पर्ने त्यही थुम्कोमा ऐतिहासिक गौराति भीमेश्वरको मन्दिर छ । यहाँ हरेक वर्षको कात्तिक पूर्णिमाका दिन भव्य मेला लाग्छ ।मनोकांक्षा पूरा हुने र शक्ति प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु भक्तिपूर्वक भीमेश्वरको पूजाअर्चना गर्छन् । मुलुकका विभिन्न स्थानबाट हजारौं भक्तजनहरु आउँछन् । सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कामय राख्दै मेलालाई दसैं, तिहार जत्तिकै महत्वपूर्ण चाडका रुपमा मनाउँछन् । इस बर्ष गत बर्ष भन्दा बढी भक्तजनहरु आउँने बिश्वास मेला ब्यबस्थापन समितीले गरेको छ ।
