सम्पर्क

जन्मत्सोवपार्कमा बिरुवा गोड्दै बज्रयोगिनीको साधरण सभा सम्पन्न



सिन्धुपाल्चोक जिल्लाको चौतारासँँगाचोकगढीमा रहेको घमानेडाँडा स्थित थानबारेगढी जन्मत्सोव पार्कमा रोपीएको बिरुवाहरु गोड्रदै बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाको १४ साधरण सभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी वडा नं १४को सामुदायक भवनमा साधरण सभाको समुदघाटन भएको थियो ।   १४ नंवडाका वडा अध्यक्ष तथा नगर लेखा समितीका संयोजक उद्धव नेपालले साधरण सभाको उद्धघाटन गर्दे नगरपालिकामा अपागंता क्षेत्रमा रहेको एकमात्र सहकारी सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले हाल सम्म गरेका कामहरुको प्रशंसा गर्देै सिन्धुपाल्चोकमा कृषी क्षेत्रमा सहजीकरण गर्नका लागी नेत्रज्योती कृषीसहकारी सस्था सँग सहकार्य गरी पहीलो पटक खेत जोत्ने टेक्टर ल्याइएको र कृषकलाइ सहयोग गरेको बताउँनु भयो । उँहाले अपागंता क्षेत्रमा काम गर्ने नगरमा रहेको एक मात्र सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले नगरका सबै क्षेत्रमा गइ सुबिधा दिन पर्ने औल्याउँदै यस सहकारी सस्थाले हरेक सिपमुलक तालिम दिएको तर त्यसको उपलब्धी कम देखीएकाले तालिम लिए पछी आफुले लिएको तालिम काम गरेर व्यबहारमा उतार्न पर्नै बताउँनु भयो । सस्थाका अध्यक्ष चतुर बहादुर तामाङको अध्यक्षतामा सम्पपन्न साधरणसभामा सस्थाका सचिब मिना नेपालले कार्यक्रम सञ्चालन गवर्नु भएको थियो भने कोषाध्यक्ष ज्ञानमायाँ श्रेष्ठले आयब्यय प्रस्तुत गर्नु भएको थियो । साधरण सभाको उद्धघाटन पछी वडा अध्यक्ष उद्धब नेपाल सहीतका अपागंसहकारी सस्थाका पदाधिकारी र जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका जिल्ला संयोजक नेत्र बहादुर बस्नेत लगाएत जन्मत्सोव पार्कमा गएर बिरुवागोडेका थिए ।