सिन्धुपाल्चोक जिल्लामा नेपालिी काग्रेसको नियमित १५औ अधिबेशन(देउवा पक्षको) २ न क्षेत्रीय सभापतीमा प्रकाश बस्नेत निर्बीरोध निर्बचित हुनु भएको छ । शुक्रबार मेलम्चीमा भएको अधिवेशनबाट २क्षेत्र ‘क’ र ‘ख’ को समेत नेतृत्व चयन भएको छ भनृे साथै विभिन्न क्लस्टरबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्बाचित गरेको छ। अधिवेशनबाट क्षेत्रीय सभापतिमा प्रकाश बस्नेत (काजी) सँगै सचिवमा राजकुमार रायमाझी र अजय लामा तथा सहसचिवमा बलराम बानियाँ र मानबहादुर तामाङ निर्बीरोध हुनु भएको छ । त्यसैगरी प्रदेशसभा क्षेत्र ‘क’ को नेतृत्वमा सूर्यप्रसाद कोइराला र प्रदेशसभा क्षेत्र ‘ख’ को नेतृत्वमा रामशरण गिरी निर्बीरोध हुनु भएको हो ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता मोहन बहाद्र बस्नेतले विशेष महाधिवेशनको नाममा नाटक गरेर पार्टी अपहरण गरिएको बताउँनु भयो । अहीले धेरै मानीसहरु वास्तबीकता नबुझी पछी लागेका छन पछी बुझे पछी यँहा आउँने छन भन्नु हुँदै नेपाली काँग्रेसको बिधी बिधान अनुसार नियमित अधिबेशन भएको बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेस १ नं क्षेत्रका क्षेत्रीय सभापती बालकृुष्ण बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बिकासका लागी मोहन बहादुर बस्नेतले गर्नु भएको कामहरुको बारेमा जनताले मुल्याङ्कन गरिरहेको र फेरी पनी म्ल्याकंन गर्ने त्रताउँनु भयाृे । उँहाले जनता रहे मात्र राजनिती हुन्छ भन्दै जनताको दुखमा साथ दिने एक मात्र नेता मोहन बहादुर बस्नेतले शिक्षा, कृषी सडक गाएमा रोजगारका लागी गरेको हरेक प्रयासर कामहरुका बारेमा जती चर्चा गरे पनी कमी हुने बताउँनु भयो क्षेत्रीय सभापतिमा निर्बाचित भएपछि प्रकाश बस्नेत (काजी) ले सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको संगठनलाई थप बलियो, व्यवस्थित र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अग्रजको अनुभव, युवाको ऊर्जा र सबै नेता–कार्यकर्ताको सहभागितालाई समेटेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ।बस्नेतले पार्टीभित्र आपसी समन्वय र सहकार्य बढाउँदै संगठन विस्तार गर्ने, कार्यकर्ताको भावना र योगदानको सम्मान गर्ने तथा कांग्रेसको विचार, नीति र सिद्धान्तलाई जनतामाझ प्रभावकारी रूपमा पु¥याउने आफ्नो प्राथमिकता रहेको बताउँनु भएको छ । कार्यक्रममा नेपाली कांग्रेस नेता विकास तामाङले पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक कांग्रेसको अभिभावक बताउँदै गगन थापा पक्षले गरेको अधिवेशनलाई ‘अभिभावकविहीन टुहुरे अधिवेशन’ भएको बताउँनु भयो । जिल्लाको कांग्रेस राजनीतिमा बस्नेतको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मोहन बस्नेत रुखको जरा हुनुहुन्छ,’ त्यही जराबाट पलाएका हाँगाबिँगा अहिले अलग–अलग दिशामा लागेको टिप्पणी गर्नु भयो । उँहाले वैधानिकताको विषय आफ्नो पक्षमा आएपछि सबै नेता तथा कार्यकर्ता पुनः एक ठाउँमा आउने दाबीसमेत गरे।यसै गरी क्षेत्र नं १को अधिबेसन असोज २७गते हुने भएको छ । क्षेत्रीय सभापती बालकृष्ण बस्नेतका अनुसार क्षेत्र नं. १, प्रदेश सभा ‘क’ र ‘ख’ को महाधिवेशन मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा २७ गते बिहान १०बजे खुर्सानीबारीको कबड हलमा हुने भएको छ ।
