सम्पर्क

गौराती भीमसेन ।

धनश्याम नेपाल (शीतल)

गौरातीको अतिछ महिमा सिन्धुपाल्चोकमा छ
लाखौँ लाखौँ जनहरूयहाँ आउँछन् भक्ति साथ ।
गौमाताले दुध यहिँ चढाएर त्यो मध्यराति
यो ठाउँ नै जगमग भई ज्योतिको लिङ्ग देखी ।

यो हाम्रो गौरव छ अति नै सिन्धुको शान हाम्रो
चर्चेको देख्छु जगतभरी भीमसे्न शक्ति मान्यो ।
चौताराबाट रथलिइ भक्तालु देख्छौ धुईचो
आस्था ज्यादै छ जनहरूको भक्तिको भाव अग्लो ।

जे माग्यो त्यै बर पनि पुगेको छ भन्ने म सुन्छु
मेरो विश्वास पनि यही नै हो म सम्झेर झुक्छु
हाम्रा छन् संस्कृति अति कला, गीत, बाजा र गाजा
घन्केकै हुन्छ वरिपरि रम्झम् हुने नै छ मेला ।