सुनिता रखाल, चौतारा,चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेस्थित श्री सुकुटे माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा उत्कृष्ट नतिजा हासिल गर्न शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।वडा शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न योगदान पु¥याउने विषयगत शिक्षक, उत्कृष्ट विद्यार्थी तथा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रममा वडा अध्यक्ष निलबहादुर तामाङ, वडा सचिव पुनम भण्डारीलगायत वडा सदस्यहरू, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिइएको थियो।सम्मान कार्यक्रममा श्री सुकुटे माध्यमिक विद्यालय र श्री रामदेवी माध्यमिक विद्यालयका शतप्रतिशत नतिजा हासिल गर्न योगदान पु¥याउने विषयगत शिक्षकहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी श्री भीमसेन माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई समेत शैक्षिक उपलब्धिका आधारमा सम्मान गरिएको छ।एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न योगदान दिने कम्प्युटर, नेपाली, अनिवार्य गणित, ऐच्छिक गणित, सामाजिक, अर्थशास्त्र, अंग्रेजीलगायत विषयका शिक्षकहरूलाई सम्मान गरिएको थियो। त्यस्तै कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गर्न योगदान पु¥याउने शिक्षक तथा विद्यार्थीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थी, विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा योगदान दिने शिक्षक तथा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान गरिएको थियो। यसले शिक्षक तथा विद्यार्थीमा थप उत्साह जगाउनुका साथै विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।शिक्षा क्षेत्रको विकासका लागि विद्यालय, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहभागीहरूले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।वडा शिक्षा समितिले शिक्षक तथा विद्यार्थीको मेहनतको कदर गर्दै आयोजना गरेको यस्तो कार्यक्रमले शैक्षिक उपलब्धि सुधार गर्न र आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा दिने विश्वास लिइएको छ शुक्रबार सुकुटे माबीमा गरिएको सम्मानमा लोकप्रिय समाचार दैनिकका नेत्रबहादुर बस्नेत कमला पाख्रनि सिन्धुबिकास बैकं साँगाचोक प्रहरी लगाएत शिक्षक शिक्षीकहरुलाइ सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष निल बहादुर तामाङ सुमनले शिक्षा क्षेत्रमा वडा भित्र काम गर्ने सबैको आआफ्नो ठाँउबाट ठुलो सहयोग रहेको छ भन्नु हुादै यसमा पनी अली धेरै र अली कमको समेत ख्याल राख्दा थोरैलाइ समेटीएको हुन सक्छ यो सम्मान सबै शिक्षक बिद्यार्थीको हो भन्नु भयो ।
उँहाले शिक्षक–विद्यार्थी सम्मान कार्यक्रममा सम्मानित हुनुहुने सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी सिन्धु विकास बैंक प्रतिनिधि प्रहरी चौकी साँगाचोकको इन्चार्ज पत्रकार मित्रहरू, विभिन्न सङ्घ–संस्थाका पदाधिकारीहरू, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० अन्तर्गतका सम्पूर्ण विद्यालयका शिक्षक–शिक्षिकाहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु भन्नु भयो ।
उँहाले कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन आफ्नो अमूल्य समय प्रदान गरी उपस्थित भइदिनुहुने सम्पूर्ण अतिथिहरू, शिक्षाप्रेमीसहयोगी हातहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनुहुने सबैप्रति चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० को वडा अध्यक्ष तथा वडा शिक्षा समितिको संयोजकको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ भन्नु भयो ।शिक्षक राष्ट्र निर्माणका आधारस्तम्भ हुन् भने विद्यार्थी देशको उज्ज्वल भविष्य हुन्। शिक्षकहरूको योगदानको सम्मान गर्दै विद्यार्थीहरूको प्रतिभा, मेहनत र उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले आगामी दिनमा शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको बताउँदै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा पुनः हार्दिक धन्यवाद साथै सुकुटे माद्यामिक विद्यालयको सम्पूर्ण टिमलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछु। भन्नु भयो । मन्दु थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा सचिब पुनम भण्डारी तथा वडाका पदाधिकारीहरु लगाएत वडाका शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
