मत सायद। जन्मेकै थिएन
तिमि त सिन्धुपाल्चोक पूगेछौं ।
गाउॅले ले भन्थे मलाई
मादल औधी मिठो बजाउथ्यौ रे १
फुल्पिङ डाडाकै काखमा थकाई सुस्ताएर
झ्याउरे गीत गाएका थियौ रे १
खहरे खोलाको कलकल तरङ्गमा
तिमी बेस्सरी हाँसेका थियौ रे १
अली तल झरेर उकाली चढेपछि
अर्को बास नबस्दै
आमाको न्यानो मायाको साथ
अंजुली भरिको मकै र आलु
आफ्ना सहयात्रीहरुलाई बाँडेर
तिमी त्यसै अघाएका थियौ रे १
म पुग्नु अगाबै तिमी हाम्रो गाऊँ
निबुवाबोटे पुगेको कुरा
मैले पछि सबै सुने
निबुवाबोटेको माटो
अभै तिम्रो त्यो पाईलाको माटो पाएर
फुल्पिङ डॉडा र सिन्धुपाल्चोक्लाई गर्व छ । सिन्धुपाल्चोकलाई गर्व छ ।।
सुमन गुरुङ
बलेफी गाउँपालिका (४ सिन्धुपाल्चोक
हाल ( कपन काठमाडौ ,नेपाल
