नेपाली कांग्रेसका नेता पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले मुगु जिल्लाका स्व गणेश नेपालीकी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गर्नुभएको छ । बस्नेतले आत्मदाह गरेको मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्व गणेश नेपाली प्रती श्रद्धान्जली ब्यक्त गर्र्दै नेपालीको शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नु भयो । उँहाले नेपालीको परिबारलाइ रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । बस्नेतले गणेशको परिवारलाई घर व्यवहार र पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको हो । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा बस्नेतले आत्मदाह गरेका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म आफुले पढाई दिने बताउँनु भयो ।
‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक् लाख रुपैयाँ म तरुन्त व्यवस्था गरिदिन्छु, भन्दै बस्नेतले त्यो बच्चालाई काठमाडौं महानगरपालिकाले के गर्छ थहा छैन । सुनिताजी ( सुनिता डंगोल) को कार्यकाल पछि भोलि अर्कोले गर्छ गर्दैन थाहा छैन । त्यसकारण यो बच्चाको सुरक्षाका लागि, लामो पढाइका लागि स्नातकसम्म निशुल्क पढाई दिने व्यवस्थाका लागि म पहल गरिदिन्छु । यो काम गरिदिन्छु । यो पनि म यहाँ घोषणा गर्न चाहन्छु भन्नु भयो । राहदानी विभागनजिकै आत्मदाहको प्रयास गरेका गणेशको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते हुनु भएको थियो । कार्यक्रममा नेता बस्नेतले तीन वर्ष अघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानलाई पनि निःशुल्क अध्ययनको व्यवस्था मिलाएको स्मरण समेत गर्नु भयो । विगतदेखि नै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई +२ सम्म निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गर्दै शिक्षा र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आउनुभएका मोहन बहादुर बस्नेतले राजनीति केवल पदका लागि होइन, सेवाभावका लागि हो भन्ने कुरा व्यवहारमै प्रमाणित गर्दै आउनुभएको उँहा सँगै सुर्खेत पुग्नु भएका राम कुमार थापाले बताउँनु भयो । थापाका अनुसार मोहन बस्नेतकेै पहलमा प्रेम आचार्यका दुवै छोरी विद्यालयमा अध्ययनरत रहनु भएको छ छन्े उहाँकी श्रीमतीले पनि रोजगारी प्राप्त गरी कामगरिरहनुभएको छ। यसले कठिन परिस्थितिमा परेको परिवारलाई शिक्षा र रोजगारीमार्फत आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।
