सम्पर्क

चौतारामा एकै दिनमा एकशयले पाए मानसिक उपचार स्वास्थ्यसेवा

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका १००जनाले एकै दिनमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाएका छन । चौतारा साँगाचोक गढी नगरपालिकामा आइतबार भएको शिविरमा पुरुष ५७ जना महिला र ४३ जना गरी १००जनाले निशुल्क स्वास्थ्य सेवा पाएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमको शुरुवात गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले चौतारा सागाँचोकगढी नगरपालिकाले नगरका कोही पनी नागरिक कुनै पनी सेवा बाट बञ्चीत रहनु हुँदैन भन्दै अझ स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा बिशेष ध्यान दिन पर्ने भएकाले यस तर्फ नगरपालिका लागी परेको बताउँनु भएको छ । नगर प्रमुखसापकोटाले नगरपालिकले नगरको मातहतमा रहने गरी नगर अस्पताल सञ्चालन गर्न लागेको र नगर भित्रै दुइ स्थानमा आयुर्बेदीक फिजीयो थेरापी दुबै सेवा दिन लागेको बताउँदै नगर भित्रका सबैलाइ निशुल्क सेवा दिने योजना रहेको बताउँनु भयो । स्वास्थ्यमा सबै भन्दा अती ध्यान दिन पर्ने मानसिक स्वास्थ्य समस्या भएकाले मानिसक स्वास्थ्य समस्या अन्त्य गर्न अती आबश्यक रहेको बताउँनु भयो । उँहाले यसका लागी नगरपालिकामा दुई जना मनोविमर्शकर्ता रहेको र वडामा पनि परामर्श कर्ता रहेको बताउँनु भयो ।नगर प्रमुख सापकोटाले मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई सकारात्मक ब्यवहार गर्नुपर्ने बताउदै समुदायमा सचेतात्मक कार्यक्रमहरु गर्नुपर्ने र यो समस्या समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताउँनु भयो । कार्यक्रममा उप प्रमुख सिता थापाले यस्ता रोगको अन्त्यका लागी समय समयमा शिबीर राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउँदै समस्या को समधान खोज्नु भन्दा पनी समस्या आउँनै नदीन तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । मानसिक स्वास्थ्य समस्या भएमा नजिकैको स्वास्थ्य संस्था वा नगरपालिकाको परामर्शकर्तासंग परामर्श लिन अनुरोध गर्देै उप प्रमुख सिता थापाले आफ्नो समस्या खुलेर ब्यक्त गर्ने, तनाब नलिने र सामान्य ब्यक्तिले मानसिक स्वास्थ्य समस्या भएकालाई औषधि उपचार गर्न प्रेरित गर्नु अती आबश्यक भएकाले यस तर्फ ध्यान दिन अनुरोध गर्नु भयो ।चौतारा साँगाचोकगढी नगर पालिकाले ६०बर्ष माथीका सबैलाइ, र अपाङ्गता भएका ब्यक्ती हरु माझी समुदाय, दनुवार, दलित समुदाय सबैको स्वासथ्य बिमा गर्दा लाग्ने प्रिमीयम नगरपालिकाले व्योहोर्ने र निशुल्क फिजीयो थेरापी तथा आयुर्बेद उपचारको समेत ब्यवस्था गरेर नगरबासीलाइ सेवा दिन लागेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले बताउँनु भयो । सबैको लागि सु – स्वास्थ्य परियोजना अन्तर्गत चौतारा साँगाचोक गढी नगरपालिकाको समन्वय र सम्भाव्य फाउण्डेसनको आयोजनामा निशुल्क मानसिक स्वास्थ्य शिविर गरिएको हो । नगरपालिकाले सहकार्य र समन्वय गरेर औषधि समेत उपलब्ध गराएको र प्राविधिक सहयोग सम्भाव्य फाउण्डेसनले गरेको  शिविरमा पुरुष ५७ जना महिला र ४३ जना गरी १००जनाले निशुल्क स्वास्थ्य सेवा पाएको   स्वास्थ्य शाखा प्रमुख शिब पुरीले जानकारी दिनु भयो ।