सम्पर्क

नेकपाएमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने पार्टी होः महासचिव पोखरेल

लोकप्रिय समाचार।चौतारा ,नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताउनुभएको छ । उँहालेनेकपा (एमाले) चौतारा साँगाचोकगढी नगरपालिका कमिटीकोे दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उस्तो बताउँनु भएको हो । महासचिव पोखरेलले मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताउनुभयो ।उहाँले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनु पर्ने बताउनुभयो । ‘जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन् । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन्’, महासचिव पोखरेलले भन्नुभयो । उँहाले मरी सकेको राज्य शक्ती ब्युतनै नसक्नै ठोकुवा समेत गर्नु भयो । कार्यक्रममा पुर्ब मन्त्री नेकपा एमालेको नेता शेरबहादुर तामाङ, शरेस नेपाल, शुभाष कर्मचार्य लगाएतका नेताहरुले अधिबेशनको सफलताको कामना गर्नु भएको थियो ।चौतारा साँगाचोकगढी नगरपालिका नगरपार्टी अध्यक्ष खिल बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन ईन्द्र बहादुर नेपालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम टुडीखेल अगाडीको पार्कमा भएको थियो ।