लोकप्रिय समाचार काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद मोहनबहादुर बस्नेतले ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरूने शाखा,शाखामामा पुगेर एनओसी छिटो दिन आदेस दिने गरेको खुलासा गर्नू भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री सांसद बस्नेतले ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनामा परराष्ट्रमन्त्री डा.आरजु राणा र नेपाल सरकारबाट भएको कुटनीतिक पहलको प्रशंसा गर्नु हुँदै ओडिसाको जस्तो घटना हुन नदिन सरकारले गम्भीर रुपमा सोँच्नुपर्ने बताउँनु भयो एका छन् । उँहाले ‘प्रकृति लम्सालको निधनले नेपाललाइ गम्भीर रुप्मा सोच्न पर्नेबनाएको छ भन्नु हुँदै गोइको जस्तो आँशु बगायर हुँदैन भित्रै मन देखी यस्ता घटना हुन बाट बचाउँनका लागी सबै एक ठाँउमा बसेर लागी पर्नु पर्ने बताउँनु भयो । बस्नेतले बिदेसमा पढ्नजाने सबैको पिडा छ भन्नु हँुदै नेपालमा डाक्टर,इन्जीनियर लगाएतको शिक्षा दिन पर्ने बताउँनु भयो । बस्नेतले दैनीक करोडौ रुपैया अध्ययनको सिलसिलामा बिदेसीने गरेको हुँदा नेपालमै भोतीक सुबिधा भएको
स्थानहरुमा शिक्षा दिन सके यो रकम बिदेसिने थिएन र हाम्रा नेपालीहरु पनी बिदेसमा गएर समस्यामा पर्न पर्ने थिएन त्यसैले यस तर्फ सरकारले ध्यान दिन जरुरी रहेको छ भन्नु भयो । उँहाले ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरू शाखामा पुगेर एनओसी देउ भनेर पुग्छन् । विदेशमा पढेर आएका विद्यार्थीले इकोभ्यालेन्सी नपाएको कारणले मानसिक रोगी मात्रै भएका छैनन् ठाउँठाउँमा आत्महत्या समेत गरेका छन् भन्नु भयो । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्रीसांसद बस्नेतले ‘प्रकृति लम्सालको निधनको कारण नेपालीहरूको स्वाविभामनलाई कमजोर पार्ने गरेर अभिव्यक्ति आउन थालेको छ । युएसए आइडी लगायतका दातृ निकायको लगानीको विषयमा प्रश्न उठेको छ’, भन्नु भयो । बस्नेतले बिदेसी दातृ सस्तथाले लिने गरेको अनुदान बिदेसमा नै फर्कने गरेको उदाहरण दिनु हुँदै आफु मन्त्री हुँदा प्रत्यक्ष देखेको बताउँनु भयो । उँहाले ‘नेपालमा विभिन्न शीर्षकमा आएका सहयोगहरू जहाँबाट आउने गरेको छ, धेरै पैसा त्यतितिर फर्किने गरेको छ । ग्लोबल फण्ड भन्ने एउटा फण्ड छ ।’ त्यो फण्ड मार्फत ‘८ अर्ब पैसा यो देशमा लगानी भएको छ । त्यो पैसा टिभी, मलेरिया, एचआईभी एड्स न्यूनीकरणका लागि लगानी हुने भनीएको छ तर ‘त्यो संस्थाले सेभद चिल्डेर्नमार्फत खर्च हुने ८ अर्ब पैसामा ३ अर्ब पनि खर्च नभएको आफुले पाएको उदाहरण छ भन्नु भयो । ‘त्यो विषय तत्कालीन समयमा प्रधानमन्त्री लगायत मन्त्रीहरूलाई जानकारी गराएँ । त्यो रकम नेपाल सरकारको ढुकुटीमा ल्याएर खर्च गर्नुपर्छ भन्दा मैले धेरै दवावहरू झेल्नु परेको थियो भन्नु हुँदै ‘त्यो रकम भोटिङ गराएर भए पनि राज्यको ढुकुटीमा ल्याइएको छ भन्नु भयो ।’उँहाले नेपालमा यहि शिक्षा नीति रह्यो भने मेडिकल शिक्षाको क्षेत्रमा ५ वर्षपछि डाक्टर र नर्स यो देशमा पाउन सक्ने छैनौँ’, ‘एउटा डाक्टरलाई ३० लाख दिँदा पनि दुर्गममा लैजान सकिदैन । समग्र शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्न सकेनौँ भने प्रकृति लम्सालको जस्तो घटनाहरू भइरहनेछ’, भन्नु भयो ।‘पढ्न गएको ठाउँमा अपमानित हुनुपर्ने, छोडेर हिँड्नुपर्ने, ओडिसाको विश्वविद्यालयमा पढेका विद्यार्थी को पढ्ने, को नपढ्ने, को बस्ने, को नबस्ने, तत्काल केही सुधारहरू भयो’, कारबाहीको प्रकृया अगाडि बढ्यो । त्यसका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा र सिङ्गो सरकारलाई धन्यवाद दिन चाहन्छु । त्यहाँ अझै पनि घटना दोहोरिन सक्छ त्यसैले हामी गम्भीर हुन जरुरी छ भन्नु भयो । उँहाले नेपालमा नै सबै खाले शिक्षा सिकाएका लागी स्थाइ ब्उवस्था मिलाउँन जरुरी छ त्यसैले आफुले सिन्धुपाल्चोकबाट कक्षा १२ सम्म निशुल्क शिक्षाको शुरुवात गरेको र आफ्रनै पहलमा नेपाली काँग्रेसको केन्द्रीय समितीमा निर्णय गराएर देश भरी १२कक्षा सम्म निशुल्क शिक्षाको व्यवस्थ ागर्न सरकारलाइ अनुरोध गरिसकिएको बताउँनु भयो ।