सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित रहेको प्रादेशिक अस्पताल चौताराले न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा प्रथम भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा ९३ अंङ्क प्राप्त गरेर पहिलो हुन सफल भएको हो ।
अस्पतालको निमित बैठक बस्न गरेकोे, दैनिक बिहानी छलफल हुने गरेको, बिद्युतिय हाजीलाई अनिवार्य गरेको, बिमारीको लागि टोकनको व्यवस्थापन गरेको, सुचना पाटीमा सुचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाईट निर्माण गरि सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान भएको लगायत पक्षहरु अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले दिएको जानकारी अनुसार रामेछापको अस्पताल बाहेक हासम्म गरिएको मूल्याङ्कनमा सिन्धुपाल्चोक उच्च स्थानमा नै रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा ९३ अंङ्क प्राप्त गरेर पहिलो हुन सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो । चौताराकै मानिसहरुले सेवा बढी लिने भएको हुँदा स्थानीय सरकारको तर्फबाट समेत सक्नेसम्मको सहयोग अस्पताललाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झाले कार्यक्रममा बोल्ने क्रममा हालको सेवाको प्रभाव घटन नदिन आग्रह गर्नुभयो । उहाँले चिकित्सक र स्वास्थ्यकर्मीहरुस्थानीय सरकारले पनि ध्यान दिन लोकतन्त्र प्रति चिकित्सकलाई भगवान र औषधीलाई जाधु ठान्ने प्रबृति बढेकोमा दुखेसो व्यक्त गर्नुभयो ।
सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भौतिक संरचनाले मात्र सवै कुराको निर्धारण नहुने भन्दै सेवा प्रवाहमा नागरिकको सन्तुष्टि कस्तो छ भन्ने कुराले महत्व राख्ने भएकोले सिष्टताकासाथ काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
अस्पतालको भवन वि.सं २०७२ को भुकम्पले ध्वस्त भएपछि प्रि फाइभ अस्थाई भवनबाट सेवा दिदै आइरहेको थियो । सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । पहिले रेफर सेन्टरको रुपमा चिनिदै आएको अस्पताल अहिले अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ । विरामीले सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ । अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु देख्न सकिन्छ । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।
अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी, दन्तसेवा, सर्ने तथा नसर्ने रोग लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार अस्पतालबाट सेवा लिनेहरुमा महिला तथा प्रसुती सेवामा बढी सन्तुष्ठ रहेको छ । दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा तीन हजार भन्दा बढीले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारेसंँगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताउनुभयो ।