सुमन गुरुङ बलेफी गाउँपालिका -४
हाल -कपन काठमाडौ ,नेपाल
यो सन्सारमा हास्न अनि नाच्न जान्या रैछ ।
दु:ख पीर लाई भुली तिमी बाच्न जान्या रैछ ।।
समयको अन्तरालमा सबैथोक विर्सेपनी
स्पन्दन्को चाल झै माया जाच्न जान्या रैछ ।।
दु:ख पीर लाई भुली तिमी बाच्न जान्या रैछ ।।
दिन, रात कति बिते तिम्रै सम्झनामा
आँसु पछि हासोपनी साच्न जान्या रैछ ।
दु:ख पीर लाई भुली तिमी बाच्न जान्या रैछ ।।
सन्जोकले बर्ष दिनमा भेटघाट हाम्रो गराउछ
मेरो माया मुटुमा तिमिले राख्न जान्या रैछ ।
दु:ख पीर लाई भुली तिमी बाच्न जान्या रैछ ।।
तड्पिन्थे म प्रत्यक पल विगतका ती क्षण सम्झी
खुसी लाग्छ धेरै-धेरै म सङ तिमिले हास्न जान्या रैछ ।
दु:खपीर लाई भुली तिमी बाच्न जान्या रैछ ।।
सोचेकोथे मलाइ तिमिले घृणा गर्छौ धेरै
तर यो सब भ्रम रहेछ मुटुमा मुटु गास्न जान्या रैछ ।
दु:ख पीर लाई भुली तिमी बाच्न जान्या रैछ ।।
यो सन्सारमा हास्न अनि नाच्न जान्या रैछ ।
दु:ख पीर लाई भुली तिमी बाच्न जान्या रैछ ।।