सम्पर्क

टेरामक्स काण्ड कांग्रेस नेता पुर्ब मन्त्री मोहन बस्नेतलाइ सफाइ

 

सिन्धु पाल्चोक जिल्लाका लोकप्रिय नेता पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेत लाई दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा बिशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । उहाँहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको जनइएको छ । उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा तीन जनामा दोषी ठहर भएको र बाँकीले १७ जनाले सफाइ पाएका छन् । उक्त प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाई पाउनुभएको हो । तत्कालीन सञ्चारमन्त्रीका रूपमा बस्नेतले नीतिगत (एयष्अिथ) निर्णय मात्र गर्नु भएको ,अन्तर्राष्ट्रिय कल निगरानी, अवैध ख्यक्ष्ए नियन्त्रण र ’डिजिटल नेपाल’ अवधारणाअन्तर्गत टेरामक्स प्रणाली अघि बढाउने निर्णयलाई अदालतले नीतिगत निर्णयको दायराभित्र मानेको समाचार आएको छ।नीतिगत निर्णयपछि हुने प्राविधिक तयारी, पूर्वाधार विकास, टेन्डर प्रक्रिया र खरिद कार्य सम्बन्धित निकायको जिम्मेवारी भएको अदालतले ठहर गरेको छ। मन्त्री वा मन्त्रालयले त्यस प्रक्रियामा हस्तक्षेप गरेको प्रमाण नभेटीएको भनी समाचार आएको छ । अख्तियारले बस्नेतले अधिकार क्षेत्र नाघेर खरिद गर्न निर्देशन दिएको आरोप लगाए पनि अदालतले त्यसलाई नीतिगत निर्देशन मात्र मानेको छ, खरिद प्रक्रियामा प्रत्यक्ष संलग्नता पुष्टि हुने आधार नदेखिएको जनाएको छ।सबैभन्दा महत्वपूर्ण, बस्नेतले उक्त खरिदबाट कुनै व्यक्तिगत लाभ लिएको वा भ्रष्टाचारजन्य फाइदा उठाएको वस्तुगत प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेको अदालतको निष्कर्ष रहेको छ। त्यसैले उहाँहरु विरुद्धको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिइएको होअदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशकहरु दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडालाई सफाइ दिएको छ । त्यस्तै, प्राविधरकणका उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्यलाई सफाइ हुने ठहर गरेको हो । प्राधिकरणका कर्मचारी विजयकुमार रायले पनि सफाइ पाउनुभएको छ । त्यस्तै, अदालतले भ्यानराइस एसएएल (अफ्सोर) नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति प्रमुख कार्यकारी अधिकृत जमल अनोटी र स्थानीय एजेन्ट ट्रेडलिङ्क प्रालि तथा अध्यक्ष दीलिपकुमार गुरुङलाई सफाइ दिएको छ ।विशेष अदालतले उँहाहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो । अदालतले झालाघई थप ६ महिना कैद सजाय सुनाएको समाचार आएको छ ।