सुमन गुरुङ्ग, समतामुलक तथा समाबेशी बिकाशका लागि क्षमता अभिबृद्धी एवं नागरिक सशक्तीकरण बिषयक महानगर स्तरिय गोष्टी काठमाण्डौमा भएको छ । काठमाडौ महानगर पालिका र नागरिक जागरण केन्द्र नेपालको सयुक्त आयोजनामा समतामुलक तथा समाबेशी बिकाशका लागि क्षमता अभिबृद्धी एवं नागरिक सशक्तीकरण बिषयक महानगर पालिका स्तरीय १ दिवशीय अभिमुखीकरण कार्यशाला गोष्ठी काठमाडौ जील्ला समन्वय समितिको सभाहल भवनमा सु–सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मा.देवराज बिश्वकर्मा (अध्यक्ष रास्ट्रीय दलित आयोग ) , बिशिस्ट अतिथीहरु मा.सावित्री कुमारी शर्मा (सदस्य रास्टीय महिला आयोग), मा. पुस्पराज तिमल्सिना (सदस्य रास्ट्रीय समाबेसी आयोग ), अतिथिहरुमा रामकुमार केसी (सयोजक सामाजीक समिति का.म.न.पा )
,अधिवक्ता गङगा भेटवाल, सागर रिमाल रास्वपा नेता ,भरत गुरुङ (रास्वपा बागमती प्रदेश सदस्य)निमा वाङ्चेन लामा रास्वपा सिन्धुपाल्चोक क्षेत्र नड्ढ–२ का क्षेत्रीय सभापति हुनुहुन्थ्यो । कार्यक्रमको शुरुवातमा रास्ट्रीय गाना बाट सुरु गरिएको थियो भने सहिद प्रती १ मिनेट मौनधारण गरि शुरु गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी देवराज बिश्वकर्माले समानता र समाबेशीमा समानरुपमा नभएर जो जे जस्तो आबश्यकता छ त्यो स्थानको पहिचान गरेर गरिनुपर्ने जानकारी दिनु भयो । सहभागी वक्ताहरुले समानता र समाबेशीका बिषयलाई महत्त्वका रुपमा विश्लेषण गर्नु भयो ।कार्यक्रममा करिब ७०-७५ जना जतिको उपस्थितिमा एकदम सभ्य र भब्य सङ्ग सु-सम्पन्न भएको थियो ।
