सम्पर्क

चौतारा साँगाचोकगढी–१० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बिपना तामाङ,सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङको प्रमुख अतिथ्यता र वडा सदस्य पारे तामाङको विशेष आतिथ्यतामा कृषकहरुको भेला गरी उक्त कार्यक्रम गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्थाको आयोजना र वडा नं. १० को आर्थिक सहयोगमा कृषि उत्पादनमा प्रोत्साहन गर्न व्यवसायिक रूपमा बाख्रापालन गर्नका लागि आवश्यक पूर्वाधार र बाख्रापालन गर्ने तरिका बारेमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूलाई यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रममा कृषकहरूलाई सक्रिय गराई स्थानीय स्तरमा उत्पादनको प्रयोग गरेर बाँझो जग्गामा खेती गर्न, पशुपालन तथा कृषी उद्यमीलाइ यस कार्यक्रम सम्पन्न गर्न जागरुप गराउनुका साथसाथै उत्पादनमुलक कामका लागी सहयोग गर्ने चौतारा सागाचोकगढी वडा अध्यक्ष निल बहादुर तामाङले बताउनु भयो । उहाँले जीवनमुखी व्यवसायले कुनै ठोस उपलब्धि हासिल नहुने भन्दै जीवनस्तर उकास्नका लागी पनि बाख्रापालन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै वडासदस्य पारे तामाङले सहभागीहरुलाई ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गर्न हौंस्याउँदै ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेर आ—आफनो परिवारलाई समृद्ध बनाउन तर्फ दृढ भएर लाग्न विभिन्न सल्लाह सुझाव प्रदान गर्नुभयो ।नेत्रज्योती कृषि सहकारी संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले स्थानीय स्तरमा नै उत्पादन भएका खाद्यन्नको प्रयोग गरी बिद्यालयमा दिबा खाजाको व्यवस्थागर्न सके बिद्यालय दिवाखाजाको लागी प्रयोग हुने नगरपालिकाको करिब २०करोड रुपैया नगरपालिकामा नै खपत हुने भएकाले त्यसका लागी नगरपालिकाले के गर्न पर्छ यो सबै खाले सहयोग गर्ने भएकाले सबै जना खेती तर्फ लाग्न अनुरोध गर्नु भयो । उँहाले कृषी पेश ागर्न चाहानेलाइ करिब ४०प्रतिशत सरकारले लगानी गरेको हुन्छ भने अरु कृषले लगानी गर्ने हो तर मुनाफा सबै कृषकले पाउँछन यो सुबिधा हुँदा पनी खेती नगरेर बस्यो भने जग्गा बाँझो हुन्छ अनी बाँझो जग्गा चाही खेतीगर्न चाहँने अर्कैलाइ सरकारले दिन सक्छ भन्नु हुँदै हाम्रा जमीन सबै सरकारको हो तिरो तिरेको त निस्सा मात्र हो सरकारले चाहँदाको बखत सरकारे उत्पादनका लागी अरुलाइ दिन सक्छ त्यसैले जग्गा पनी छैन खान पनी छैन हुन सक्छ भन्नु हुँदै खेतीगर्न सहकारीले बिउ निशुल्क दिने पैसा नभए सके अनुदानको ब्यवस्था गर्ने नसके बैङ्कबाट कर्जा समेत लिइदिने बताउँनु भयाने । उँहाले जग्गा खेतीगर्न नसक्नेले भैसी पाल्ने, बाख्रापाल्ने, नभए कुखरा पाल्ने अनी सबैले करेसाबारीमा तरकारी लगाउँने , फलफुल, कागती सुन्तला जे भए पनी लगाउँने त्यसका लागी मागमा आरित बिउ बिरुवा निशुल्क उपलब्ध गराउँन सहकारीले पहल गर्ने बताउँनु भयो । कार्यक्रममा वडाका सक्रिय कृषकहरुको उपस्थिती रहेको थियो