सम्पर्क

नेपाली काँग्रेस त्रिपुराले गर्यो बृहत प्रशिक्षण कार्यक्रम

नेपाली काङ्ग्रेस त्रिपुरासुन्दरी वडा नं. ४ पिस्करमा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस त्रिपुरासुन्दरी गाउँपालिका सचिव लालबहादुर श्रेष्ठको अनुसार उक्त बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव भक्तध्वज बोहराले उद्घाटन गरि कार्यक्रम सुरु भएको थियो । इतिहासमा पहिलोपटक जितेको ४ नम्बर वडा पिस्करमा जन चाहना अनुसारको बिकासले गति लिएकोमा स्थानीयले खुसी प्रकट गरेका थिए । साथै विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको थियो।उक्त वडामा टेकबहादुर गुभाजु वडा अध्यक्ष हुनुहुन्छ । जहाँ समस्या त्यहा वडा अध्यक्ष भने झै स्थानीयको हरेक सुखदुःखमा अध्यक्ष गुभाजुले साथ दिनुभएको छ।कार्यक्रममा जिल्ला सचिव भक्तध्वज बोहराले स्थानीयको जनचाहना अनुसार काम गरेको र अब कामको मुल्यांकन जनताले गर्नुपर्ने बताउनुभयो । पालिकाले स्वास्थ्य, शिक्षा, भौतिक बिकास देखि बिपत्ति तथा आयआर्जनको कार्यक्रममा टेवा पुर्याउन तालिम तथा अन्य सहयोग गरेको चर्चा गर्दै स्थानीयको चाहना अनुसार योजना बनाइ कार्यन्वयन गर्न आफू सधै लागिरहेको बताउनुभयो । औलामा गन्नुपर्ने संख्या रहेको पिस्करमा काँग्रेसमा स्थानीयको लहर चलेकोमा उपाध्यक्ष गिता नेपालले खुसी ब्यक्त गर्नुभयो । वडा कार्यालय भन्दा घर, बस्ती र टोलमा स्थानीयको बीचमा रहेर समस्याको निराकरण गर्न रुचाउने वडा अध्यक्ष तथा प्रदेश क क्षेत्र नं. १ का उपसभापति टेकबहादुर गुभाजुले स्थानीयले जनप्रतिनिधिको कामको तुलना र मुल्यांकन गर्न आव्हान गर्नुभयो ।

नेपाली काँंग्रेस त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ इकाइ कमिटीद्वारा आयोजित क्रियाशिल सदस्यता वितरण एवं अन्तरक्रियात्मक कार्यक्रमको अध्यक्षता वडा सभापति निरबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका रमेश बोहरा, देव श्रेष्ठ, बेल बहादुर श्रेष्ठ, देविराज श्रेष्ठ, सकुन्तया थामी, नैन बहादुर श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताको साथ स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम नयाँ तथा पुरानो कृयाशिल सदस्यता वितरण समेत गरिएको पालिका सचिव लालबहादुर श्रेष्ठले बताउनुभयो ।