सम्पर्क

प्रेस चौतारी सिन्धुपाल्चोकको अध्यक्षमा विदुर आचार्य

प्रेस चौतारी सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा बिदुर आचार्य पुन निर्वाचित हुनुभएको हो ।
समितिको उपाध्यक्ष सागर खड्का,महिला उपाध्यक्ष गोमा के. सि, सचिवमा दिपिन ढुंगाना, उप सचिवमा सुशिल सुवेदी समावेसी उप सचिवमा सुनिता लामा र कोषाध्यक्षमा बिसाल आचार्य निर्वाचित हुनुभएका छन् ।
त्यस्तै समिति सदस्यहरुमा जनार्दन नेपाल , प्रमिला विक , सहदेव ढुंगाना , मधु सुदन ढुंगाना रहनुभएका छन् । अधिबेशनले प्रदेश प्रतिनिधिहरुमा देवराज सुवेदी र यज्ञ दंगाल, केन्द्रिय प्रतिनिधिमा माधव नेपाल र टीका सुवेदीलाई छनोट हुनुभएको छ ।