विपद् पर्याे भने बजेट सहित तयारी अवस्थामा छौ ः आइतमान तामाङ
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद् पर्याे भने गर्नुपर्ने कामको लागि बजेट सहित तयारी अवस्थामा रहेको बताउँनु भएको छ । उँहाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम को मेलम्चीमा उद्धघाटन गर्नु हुँदै यस्तो बताृउँनु भएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा भएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।बिपतमा सुरक्षा निकाय संग समन्वय गरि काम गर्ने बताउँदै नगरसंग समन्वय नगरी प्रदेशको योजना कार्यान्वयन गर्न नदिने बताउँदै नगर प्रमुख तामाङले संघ र प्रदेश सरकारको योजना दिगो हुने खालको हुनुपर्ने बताउँनु भयो ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षता तथा मेलम्ची नगरपालिकाका प्रम...
